कविवर: तिम्रो कवितामा मानिस बोल्नु पर्छ

प्रा.डा. दुर्गा दाहाल     १९ भाद्र २०७६, बिहीबार ०२:२८    

कविवर,
तिमीले फूलका धेरै कविताहरू लेख्यौ
अनि सागर, तारा र सगरमाथाका पनि,
अब मानिसका कविताहरू लेख
जहाँ माया, विश्वास र शान्तिका कुराहरू हुन्छन

तिम्रो कवितामा अनाथ बाल- बालिका
वृद्ध आमा-बा र एकल महिलाहरू  खोई
असहाय नर-नारी, लाटा- बैरा, निमुखा
हत्या र बलात्कृत महिलाहरू खोई ?

 

आऊ कवि !
अब आवाज़ विहीनका कविताहरू
र रवि नपुगेका ठाऊँका कविताहरू लेख ।

-दुर्गा दाहाल, “ अनुभव ”
क्यालि, अमेरिका


१९ भाद्र २०७६, बिहीबार ०२:२८ मा प्रकाशित