असाइलम गर्नेको पक्षमा अदालत, ट्रम्पको निर्णय उल्ट्याइदियो

दूरबिन नेपाल     २३ भाद्र २०७६, सोमबार २०:०३    

दूरबिन नेपाल

 अमेरिका  –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूले अमेरिका प्रवेश पश्चात् शरण दाबी गर्ने प्रक्रियालाई अवरुद्ध गरेको केही महिना पनि नबित्दै क्यालिफोर्नियाको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनको उक्त निर्णयलाई उल्टाइ दिएको छ ।

क्यालिफोर्नियाको ओकल्याण्डस्थित जिल्ला न्यायाधीश जो.एस टाइगरले चौध पृष्ठ लामो निर्णय सुनाउँदै शरण नै दाबी गर्न नपाउने ट्रम्प प्रशासनको निर्णय गैरकानुनी रहेको बताएको छ ।

यद्यपि अदालतको यो आदेश नै अन्तिम रूप भने होइन । यस निर्णयले असाइल प्रक्रियामा जाने शरणार्थीहरूलाई भने राहत दिएको छ । यस अघि जुलाईमा अर्का सङ्घीय अदालतका न्यायाधीश तिगरले पनि पहिलो पटक देश व्यापिरुपमा शरण प्रतिबन्धलाई रोकिदिएको थियो ।

तर नवौँ राज्य सर्किट अदालतले सीमाबाट क्यालिफोर्निया र एरिजोनामा आइपुगेकाहरूको शरणमा प्रतिबन्ध लगाउन नसक्ने उल्लेख गरे पनि ट्रम्प प्रशासनले गरेको देशव्यापी शरण प्रतिबन्ध नियमलाई भने लागु गर्न अनुमति दिएका थिए । यो निर्णयलाई कतिपय अध्यागमन कानुन विज्ञहरूले विरोधाभासपुर्ण रहेको बताएका थिए ।


२३ भाद्र २०७६, सोमबार २०:०३ मा प्रकाशित