राष्ट्रपति ट्रम्पद्वारा तालिवानसँगको शान्ति सहमतिबाट पछि हट्ने घोषणा, यसले अमेरिकालाई नै घाटा हुने तालिवानको चेतावनी

जाङ्बु शेर्पा-दूरबिन नेपाल     २३ भाद्र २०७६, सोमबार २२:३१    

जाङ्बु शेर्पादूरबिन नेपाल

अमेरिका, सेप्टेम्वर ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान सँग जारी शान्ति सहमतिबाट पछि हट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पको यो कदमले अमेरिकालाई नै घाटा हुने चेतावनी तालिवानले दिएको छ ।

आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिवान नेताहरुसँग क्याम्प डेविडमा भेटघाट तय गरिएको भए पनि त्यसलाई आफूले रद्ध गरेको ट्रम्पले बताएका छन्। काबुलमा भएको आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएपछि क्रुद्ध बनेका ट्रम्पले शान्ति वार्ता रद्ध गरेको बताएका हुन् ।

१८ वर्ष लामो युद्धलाई पूर्ण्विराम लगाउने सोचसहित शान्ति वार्ता चलिरहेका बेला तालिवानले आक्रमण गरेपछि माहोल बिग्रिएको हो। तालिवानले आफै उक्त घटनाको जिम्मेवारी लिएको थियो।

अफगानिस्तानका लागि अमेरिकी विशेष दुत जल्मे खलिलजादले अघिल्लो साता शान्ति सम्झौताका लागि सैदान्तिक सहमति भइसकेको घोषणा गरेका थिए। उक्त प्रस्तावित सम्झौतामा आगामि २० साताभित्र अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५ हजार ४ सय सैनिक फिर्ता लाने उल्लेख थियो।

शान्तिवार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयबाट सबभन्दा बढि घाटा अमेरिकालाई नै हुने तालिवानले चेतावनी दिएको छ।

ट्रम्पले धैर्य र अनुभव दुवैको प्रदर्शन गर्न नसकेको भन्दै अफगानिस्तानी तालिवानले अन्तिम समयसम्म पनि सबथोक सही ढंगले गइरहेकोमा अमेरिकाले धोका दिएको दाबी गरेको छ।

यसबाट सबभन्दा बढि घाटा अमेरिकालाई हुन्छ, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘तर अमेरिका अझै पनि सहमतिमा फर्किने हामीले विश्वास लिएका छौं।’

आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिवान नेताहरुसँग क्याम्प डेविडमा भेटघाट तय गरिएको भए पनि ट्रम्पले शनिबार त्यसलाई रद्ध गरेका थिए। काबुलमा भएको आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएपछि क्रुद्ध बनेका ट्रम्पले शान्ति वार्ता रद्ध गरेका थिए।

१८ वर्ष लामो युद्धलाई पूर्ण्विराम लगाउने सोचसहित शान्ति वार्ता चलिरहेका बेला तालिवानले आक्रमण गरेपछि माहोल बिग्रिएको थियो। तालिबानले आफै उक्त घटनाको जिम्मेवारी लिएको थियो।

‘सहमतिअनुसार सबथोक भइरहेको थियो। तर अमेरिकाले एकपक्षीय रुपमा वार्ता तोडेको छ। यसलाई तुरुन्त पुनस्थापित नगरिए ठूलो दुर्घटना हुन सक्छ,’ तालिवानका प्रवक्ताको चेतावनी विभिन्न अन्तर्रा्ष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन्।

अफगानिस्तानका लागि अमेरिकी विशेष दुत जल्मे खलिलजादले अघिल्लो साता शान्ति सम्झौताका लागि सैदान्तिक सहमति भइसकेको घोषणा गरेका थिए। उक्त प्रस्तावित सम्झौतामा आगामी २० साताभित्र अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५ हजार ४ सय सैनिक फिर्ता लाने उल्लेख थियो।

एजेन्सीको सहयोगमा


२३ भाद्र २०७६, सोमबार २२:३१ मा प्रकाशित