चितवनमा नेत्रविक्रम चन्दका छोरा सहित १५ जना पक्राउ

दूरबिन नेपाल     २५ भाद्र २०७६, बुधबार १२:२१    

काठमाडौ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द बुधवार चितवनमा पक्राउ परेका छन् । उनी सँगै अन्य १५ जनालाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

चितवन मेडिकल कलेज अगाडि विभिन्न माग राखि प्रदर्शन गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको हो । मेडिकल कलेजका विद्यार्थी विगत नौ दिन देखि आन्दोलनमा छन् । चन्द पनि साही कलेजका विद्यार्थी हुन् ।

कलेजले तोके भन्दा बढी शुल्क लिएको विद्यार्थीको आरोप छ । उनीहरूले चारवर्षको पढ़ाई पछि प्रयोगात्मक परिक्षा (इन्टर्नशिप) मा गएका प्रशिक्षार्थी डाक्टरले पनि तलब पाउनु पर्ने लगायतका १३ बुँधे माग गरेका छन् ।

 

फोटो : बीबीसी


२५ भाद्र २०७६, बुधबार १२:२१ मा प्रकाशित