इ–सिग्रेटका कारण ६ जनाको मृत्यु ४५० जना बिरामी प्रतिबन्धको  तयारी

दूरबिन नेपाल     २५ भाद्र २०७६, बुधबार २३:०९    

जाङबु शेर्पा, दूरबिन नेपाल
इ–सिग्रेटका कारण ६ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इ–सिग्रेटमाथी प्रतिबन्ध लगाउने तयारी गरेका छन । इ– सिग्रेटकै कारण चार सय ५० जना बिरामी भएको र फोक्सोमा गम्भीर समस्या देखिएको प्रतिवेदन सार्वजनिक भएपछि प्रतिबन्धको तयारी गरिएको हो । बिरामी पर्नेमा अधिकांश १९ बर्ष मुनीका किशोरहरु रहेका छन । अमेरिकी प्रथम महिला मलानिया ट्रम्पलेपनि ट्वीट गर्दैै इ–सिग्रेटका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै चिन्ता व्यक्त गरेकी छिन । राष्ट्रपति ट्रम्पलेपनि विद्युतीय चुरोटका असरबारे संवाददाताहरुसंग कुरा गर्दै धेरै युवाहरुको स्वास्थ्य समस्याको कारण भएको बताएका छन । उनले यसबारे आफुले तत्कालै निर्णय गर्नसक्ने संकेत गरेका छन । अर्को तर्फा अमेरिकी स्वास्थ्यउ विभागले भने इ–सिग्रेटमा मिसिएको रासायनिक तत्वबारे अनुसन्धान भइरहेको बताएको छ । कतिपय राज्यहरुले विद्युतीयल चुरोटमा प्रतिबन्ध लगाएपनि यसको बजार भने आक्रामक रुपमा बढिरहेको छ ।


२५ भाद्र २०७६, बुधबार २३:०९ मा प्रकाशित