नेपालगन्जमा विमान ढिला प्रकरण : सत्तारूढदलको ‘मण्डले’ रवैया, मन्त्री भट्टराइको सचिवालयले भन्यो ‘कुकुर’ ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्ला भ्रमणमा रोक

दूरबिन नेपाल     ३० भाद्र २०७६, सोमबार १४:५४    

नेपालगन्जमा विमान ढिला प्रकरण : सत्तारूढदलको ‘मण्डले’ रवैया,   मन्त्री भट्टराइको सचिवालयले भन्यो ‘कुकुर’

 

 

काठमाडौं, भदौं ३० । सत्तारूढ़ दल नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पन्चायती मण्डले शैलीमा प्रस्तुत भएको छ । पछिल्लो समय ‘सामाजिक अभियन्ता’ भन्दै सामाजिक सन्जालमा चर्चामा आएका ज्ञानबहादुर भनिने ज्ञानेन्द्र शाहीलाई संघले विभिन्न जिल्ला प्रवेसमा रोक लगाएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

संघको यस्तो विज्ञप्तिले पन्चायतकालमा तत्लाकिन शासक र उनका युवा दस्ता जसलाइ ‘मण्डले’ भन्ने गरिन्थ्यो को पुनरावृत्ति गराएको छ ।

PlutonicTech

नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले आफ्नो जिल्लामा शाहीलाई प्रवेशमा निषेधको घोषणा गरेको हो।

युवा संघको यो कार्य संविधानको मर्म विपरित हो । युवा संघका जिल्ला अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्वारा जारी विज्ञप्तिमा ‘ज्ञानेन्द्र शाहीलाई गलत अभियानमा संलग्न कुपात्र’ भनिएको छ ।

 

शाहीले पछिल्लो समय ‘भ्रष्ट्रचार विरोधी’ अभियान चलाउदै आएका छन् । शाहीमाथिको निषेध ‘विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको रक्षार्थ भएको’ दावि विज्ञप्तिमा गरिएको छ ।

Bhatta Law & Associate

 

नेपालगन्जबाट काठमाडौ आउने बुद्दएयरको विमान मन्री भट्टराइको कारण एक घण्टा ढिलो हुदाँ आेफुहरूले दुख पाएको भन्दै शाही लगायत केही यात्रुले विमान भित्र नै मन्री माथि दुर्व्यवहार गरेका थिए । विमानस्थल भित्रको सो हतकण्डा पनि नियमविपित हो ।

 

सोही घटनालाई लिएर मन्त्री भट्टराईको सचिवालयले तल्तो स्तरमा उत्रिएर विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा शाहीलाई ‘कुकुर’को संज्ञा दिएको छ। ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’ भन्ने मदन भण्डारीको भनाई उल्लेख गर्दै सचिवालयले मण्डले प्रवृत्तिको विरोध र धम्कीले रत्तिभर विचलित नहुने उल्लेख गरेको छ।

 


३० भाद्र २०७६, सोमबार १४:५४ मा प्रकाशित