च्याम्पियन्स लिगमा पहिलो अमेरिकन कोच जेसी मार्सको परिक्षा शुरू हुदै, विश्व फुटबलमा प्रमाणित गर्ने अवसर

दूरबिन नेपाल     ३० भाद्र २०७६, सोमबार १८:५९    

च्याम्पियन्स लिगमा पहिलो अमेरिकन कोच जेसी मार्सको परिक्षा शुरू हुदै,  विश्व फुटबलमा प्रमाणित गर्ने अवसर

 

अमेरिका,  सप्टेम्वर १६ । सन् १९५५ बाट प्रारम्भ भएको यूरोपेली क्लव फुटवलको महाकुभ्म युरोपिन च्याम्पियन्स लिग मंगलवार देखि शुरु हुदै छ ।

 

च्याम्पेन्स लिगमा युरोपेली देशका उत्कृष्ट लिगका सर्वोकृष्ट ३२ टीमहरुले प्रतिस्पर्धा गर्ने छन् । विश्वका उत्कृष्ट फुटवल खेलाडी एवं क्लवको असलि प्रतिस्पर्धा च्यापियन्स लिगमा हुने हुदाँ च्याम्पियन्स लिगको जति मजा अरु कुनै खेलमा नहुने फुटवल पारखीको बताउछन ।

 

आज विश्व फुटवलको उत्कृष्टता मापनमा च्याम्पियन्स लिगको प्रर्दशनलाई नै प्रमुखता दिइने गरिन्छ । वर्षको उत्कृष्ट फुटवलरहरु, वेलन डे आर देखी बर्षको उत्कृष्ट कोच सम्मका उपाधिहरु च्याम्पियन्स लिगको प्रर्दशन र नतिजाका आधारमा दिइने गरिन्छ भन्दा फरक नर्पाला ।

 

यूरो क्लव फूटवलको प्रतिष्ठित प्रतियोगितको सन् २०१९–२० सस्करणमा अष्ट्रियन बुन्डुसालिगा च्याम्पियन क्लव रेडबुल साल्जवर्ग पनि प्रतिस्पर्धा गर्दैछ । मंगलवार साल्जर्वगले बेल्जियन क्लव जेन्स सँग आफ्नो पहिलो खेल खेल्दा अमेरिकी सकरमा पनि नयाँ इतिहाँस लेखिने छ ।

 

साल्जर्वग एफसीका हेड कोच हुन जेसी मार्स । उनी च्याम्पियन्स लिगमा कोचको रुपमा सहभागी हुने पहिलो अमेरिकन हुने छन् । ४५ वर्षिय मार्स अमेरिकी व्यावसायीक फुटवल मेजर सकर लिगमा १४ वर्ष मिडफिल्डरको अनुभव बटुलेका खेलाडी हुन् ।

उनी गत अप्रिल देखि अष्ट्रियन च्याम्यपिन साल्जवर्गको प्रमुख कोचको रुपमा मार्समा आवद्ध छन् । यस अघि उनले जर्मन बुन्डसालिगाको आर.बी. लेपजिङ्ग क्लवमा सहायक प्रशिक्षको भुमिका निर्वाहा गरेका थिए ।

 

विश्वभरी फुटवल खेललाई सकरको रुपमा मात्र चिन्ने अमेरिकन खेलकुदवृत्तमा मार्सको ऐतिहासीक उपलब्धीलाई अमेरीकन सकर इतिहासमा नयाँ आयामको रुपमा हेर्न सकिन्छ । लिग चरणमा यूरो च्याम्पियन लिभरपुल, इटालियन जायन्ट नेपोली, र बेलजीयन च्याम्पियन जीक सँगको प्रतिस्पर्धा भने कोच मार्स र क्लव साल्जवर्गको सहज देखिदैन ।

 

मार्सको अगुवाईमा रहेको साल्जवर्गले युरोपका जाइग्यान्टिक क्लवहरुको चुनौतिलाई पार गर्दै दोश्रो चरणमा स्थान बनाउला ? पछिल्लो १३ वर्षमा १० पटक अष्ट्रियन बुन्डुसाल्गा च्याम्पियन आर.बी. साल्जवर्गले लिभरपुल र नेपोलीलाई समुह चरणमा रोक्दै दोश्रो चरणको ढोका खोल्ला ? जेसी मार्स को लागि आफूलाई विश्व फुटवलमा स्थापित गराउने यो निकै ठूलो एवम् चुनौति पूर्ण अवसर हुने छ । आम अमेरिकी फुटवल प्रेमिहरुले यसलाई निकै उत्साहाका साथ हेरेका छन् ।


३० भाद्र २०७६, सोमबार १८:५९ मा प्रकाशित