गायक राजेश पायल राईको घरमा आगलागी राईले भने तपाइहरूले दिएको आशीर्वाद , माया, सुझाव नजलोस...

दूरबिन नेपाल     ३१ भाद्र २०७६, मंगलवार ०१:५२    

गायक राजेश पायल राईको घरमा आगलागी

आफ्नो घरमा आगालागि भएको चर्चित गायक राजेश पायल राईले फेसबुक पेजबाट पुष्टि गरेका छन् । नौ घण्टा बिचमा गायक राईले फेसबुक पेजमा दुई पटक जलेको घर कोठा र अवशेष मात्र वाकी रहेका सम्मान र प्रमाणपत्रका तस्बिर पनि राखेका छन् । उनले आफू देश बाहिर साङ्गीतिक कार्यक्रममा रहेका कारण तत्काल नेपाल फर्कन नसक्ने जनाएका छन् । उनले फेसबुक पेजमा अझै दुई महिना कार्यक्रममा ब्यस्त हुनु परेका कारण नेपाल फर्कन नसक्ने कारण खुलाएका छन् ।

सहयोगी, छिमेकी र अग्नि नियन्त्रकको प्रयासलाई राईले धन्यवाद दिएका छन् । घटना प्रति उनका फ्यान फलोअरसहरुले दुख र चिन्ता व्यक्त गरेका छन् । गायक राईले सबैलाई सम्झाउँदै भनेका छन् “म पीडामा छैन किनकि तपाइहरूको आशीर्वाद र मायाको अगाडि यो पीडा हैन । मेरा छिमेकीहरूले दार्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिबार प्रति यहाँबाट नै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइहरूले दिएको आशीर्वाद , माया, सुझाव नजलोस… म सधैँ तपाइहरूको काखमा लुटपुटिने मान्छे”


३१ भाद्र २०७६, मंगलवार ०१:५२ मा प्रकाशित