चिलिमा हुने कराते वान सिरिजमा सुनिल लामा  भिड्ने

दूरबिन नेपाल     १ आश्विन २०७६, बुधबार १३:३३    

चिलिमा हुने कराते वान सिरिजमा सुनिल लामा  भिड्ने

अमेरिका, सेप्टेम्वर १८ । कराते खेलाडी सुनिल लामाले डब्लु के एफ कराते वान सिरिज ए मा भाग लिने भएका छन् । विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त विश्व च्याम्पियन सरहको प्रतियोगिता बिहिवार देखि दक्षिण अमेरिकी मुलुक चिलिमा हुदै छ ।

 

सुनिल दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता हुन् । सन् २०११ मा बंगलादेशमा भएको सागमा सुनिलले स्वर्ण पदक जितेका थिए । चिलिमा सुनिलले ६७ केजी मुनी तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । एक सय भन्दा बढी मुलुकका खेलाडीको सहभागिता रहने प्रतियोगितामा सुनिलको तौल समुहमा अहिले सम्म ८० जनाले नाम दर्ता गराएका छन् ।

 

पछिल्लो केही बर्ष  यता अमेरिकको न्युयोर्कमा बस्दै आएका सुनिल बुधवार चिलितर्फ प्रस्तान गरेका छन् ।


१ आश्विन २०७६, बुधबार १३:३३ मा प्रकाशित