मुस्ताङी भाषाको नेपाली फिल्म अन्तर्राष्ट्रिय फेस्टिवलमा

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार ००:२१    

मुस्ताङी भाषाको नेपाली फिल्म अन्तर्राष्ट्रिय फेस्टिवलमा

मुस्ताङी भाषाको नेपाली फिल्म आमा खान्डो बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रिमियर हुने भएको छ । असोज २२ र २३ गते बुसानमा प्रिमियर हुने निर्माता कम्पनी मिडिया पोर्टले जनाएको छ ।

निर्माता प्रवीण कार्कीका अनुसार प्रिमियरमा भाग लिन निर्देशक धोन्डुप छिरिङ गुरुङ बुसान जाँदैछन् । ७ वर्षे छोरालाई पाल्न अर्काको कृषि कर्म गर्ने एक अशिक्षित र मेहनती २६ वर्षे खान्डोको कथा फिल्मले पेस गर्छ ।

निर्देशक गुरुङले प्रिमियरपछि सहभागिसँग अन्तरक्रिया पनि गर्नेछन् । आगामी महिना सुरु हुने बुसान फेस्टिवलमा ८५ देशका तीनसय ३ फिल्म देखाइँदै छ । १२० फिल्म प्रिमियर हुँदैछ ।


२ आश्विन २०७६, बिहीबार ००:२१ मा प्रकाशित