अर्थतन्त्र कछुवाको गतिमा छ : बाबुराम भट्टराई

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार १३:२५    

अर्थतन्त्र कछुवाको गतिमा छ : बाबुराम भट्टराई

काठमाडौं, असोज २ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ । बजेट अधिवेशनको समापनका अवसरमा उहाँले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रम डा भट्टराईले भन्नुभयो, “संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे ।” उहाँले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्नेमा जोड दिनुभयो ।

 

PlutonicTech

नेपालको भू–राजनीतिकमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अमेरिका, चीन र भारतजस्ता तीन ठूला राष्ट्रलाई अवसरको रुपमा लिएर तीन ठूला शक्तिको ध्यान नेपालमा केन्द्रित गरेर त्यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

रासस


२ आश्विन २०७६, बिहीबार १३:२५ मा प्रकाशित