अमेरिकामा हुने नेपाली विश्व स्वास्थ सम्मेलनमा मन्त्री र बिज्ञको जमघट

दूरबिन नेपाल     ३ आश्विन २०७६, शुक्रबार १३:३१    

अमेरिकामा हुने नेपाली विश्व स्वास्थ सम्मेलनमा मन्त्री र बिज्ञको जमघट

अमेरिका, सेप्टेम्वर २० ।  अमेरिकाको एटलान्टामा हुन गइरहेको ऐतिहासिक प्रथम नेपाली स्वास्थ्य सम्मेलनको उद्घाटनको लागि नेपालका उप-प्रधान एबम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको एट्लन्टा आई पुगेकाछन ।

 

उनको उपस्थितिमा उक्त सम्मेलनमा सहभागी हुन बिभिन्न देश तथा अमेरिकाका बिभिन्न राज्यबाट जर्जिया आइ पुगेकाहरुको बीचमा एक अनौपचारिक भेटघाटको आयोजना गरियो ।

PlutonicTech

नेप्लिज एसोसिएसन अफ जर्जियाका सभापति कुमार केसी तथा नेपाली सांस्कृतिक केन्द्रका डा प्रहलाद पन्त, एनआरएन अमेरिकाका कोषाध्यक्ष बन्धु पोख्रेल, एनआरएन कोरियाका अभियन्ता प्रकाश धमला, लगायत स्थानीय सामाजिक अगुवाहरुको उपस्थिति रहेको सो कार्यक्रममा सम्मेलनका संयोजक तथा एनआरएनए ग्लोवल हेल्थ कमिटीका संयोजक डा संजिव सापकोटा (चिकित्सक) ले सेप्टेम्बर २० देखि शुरु हुने सममेलमको कार्यक्रम बारे प्रकाश पार्दै यस सम्मेलनले विश्वमा रहेका नेपालीलाई जौडनमा सहयोग पुर्याउने भन्दै उप-प्रधान मन्त्रि यादवको एटलान्टामा अमेरिकी सरकारका सिडीसी तथा केयर सँस्थाहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भएको थियो ।

 

सम्मेलनको सह-आयोजक रहेको स्टार स्कोलर्स नेटवर्कका प्रेसिडेन्ट डा. उत्तम गौली ले विश्वभर छरिएर रहेक १० हजार बढि सोधकर्ताहरुको तर्फबाट प्रथम नेपाली स्वस्थ्य सम्मेलनको सफलताको कामना गर्दै डा. सन्जीव सापकोटा र आयोजक टीम लाई बधाई दिनुभयो । उक्त कार्यक्रममा सन्तोष पहारी, पत्रकार प्रेम बानियॉ लगाएतका व्यक्तित्वहरुको जिज्ञासाहरु मेटाउने प्रयास गर्दै नेपालको स्वस्थ्य क्षेत्रका समस्या हरुको जरोमा आर्थिक, सामजिक, र राजनीतिक जटिलता हरु जेलिएको बताऊंदै नेपालको बिबिधता, विश्वभर रहेको नेपाली हरुको राष्ट्रप्रेम, प्रविधि हस्तन्तरण, र लगानि जुटाउनुपर्ने कुरा बताउँदै भूगोल र सीमाना ले मात्र राष्ट्रनिर्माण नहुने हुनाले साझा संकल्प चाहिने किरामा जोड दिए ।


३ आश्विन २०७६, शुक्रबार १३:३१ मा प्रकाशित