रोनाल्डोलाई  निशुल्क बर्गर खुवाएको दावी गर्दै एक महिला सार्वजनिक   

दूरबिन नेपाल     ४ आश्विन २०७६, शनिबार १२:०२    

 

 

जाङ्बु शेर्पा, दूरबिन-नेपाल 

अमेरिका, सेप्टेम्वर २१ । चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई उनको संघर्षपूर्ण जीवनमा दैनीक रुपमा निशुल्क बर्गर खुवाउने  आफु भएको एक महिलाले दावी गरेकी छिन् । लिस्वनकी पाउला लिका नामकी महिलाले यस्तो दावी गरेकी हुन् ।

 

यसै साता ब्रिटेनको चर्चित टेलिभिजन प्रस्तोता पियर्स मोर्गनसँगको अन्तरवार्ताका क्रममा रोनाल्डो आफ्नो अतितमा फर्किएका थिए । सो समय निकै भावुक देखिएका रोडाल्डोले आफ्नो बाल्यकालमा सहयोग गर्नेहरुलाई समेत सम्झिएका थिए । सोही क्रममा उनले आफुले बाल्यकाल विताएको पोर्चुगलको लिस्वन स्थित एक म्याकडोनलमा कार्यरत महिलाले आफुलाई दिनहुँ निशुल्क वर्गर दिने गरेको र त्यसले आफुले पेट भर्ने गरेको बताएका थिए । रोनाल्डोले ति महिलाले पछाडिको ढोकाबाट वर्गर  दिने गरेको खुलाएका थिए ।

 

रोनाल्डोले पछिल्लो समय ती महिलालाई जति खोजे पनि नभेटेको दुखेसो समेत पोखेका थिए । उनले ती महिला फेला परे टुरिनमा रहेको आफ्नो भब्य बंगलामा उनलाई स्वागत गर्न आतुर रहेको समेत बताएका थिए । रोनाल्डले भनेका छन्,’म दिनभर फुटबल खेलेर लखतरान भएर आउथे, किनेर खान म सँग पैसा हुदैन थियो, पेट भोको भए पछि म म्यागडोनलको पछाडिको ढोका ढकढकाउन पुग्थे, साँझको समयमा ती महिलाले मलाई वर्गर ल्याएर दिन्थिन ।’

 

रोनाल्डोको यो अन्तरवार्ता सार्वजनीक भए पछि लिस्वनकै लिका नामकी महिलाले रोनाल्डोले खोजेको व्यक्ति आफु नै भएको दावी गरेकी हुन् । लिकाले पोर्चुगिस रेडियो रेनासिनासँग कुरा गर्दे आफूले  म्यानेजरसँग कुरा गरेरै बाँकी  रहेको बर्गर नि : शुल्क दिएको दावी गरेकी हुन् ।

 

 उनले  बर्गर लिन आउने केटाहरुको समूहमा प्रायजसो रोनाल्डो पनि सँगै देखिएको वताएकी छिन् । उनले रोनाल्डोलाई  अहिलेको अवस्थामा देख्दा आफू अचम्मित भएको रेडियो सँगको कुराकानीमा बताएकी छिन् । ती महिलाले रोनाल्डोलाई आफुले सित्तैमा बर्गर दिएका घटना यस अधि छोरालाई सुनाउदा उनले विश्वास नगरेको पनि बताएकी छिन् । लिकाले त्यो समयको कुरा आफ्ना श्रीमानलाई भने  थाहा भएको दावी गरेकी छन् । उनले रोनाल्डोले बोलाए आफु खुसिसाथ उनको घरमा जाने समेत बताएकी छिन् । लिकाको दावी  अहिले सामाजिक सन्जाल र पश्चिमका सन्चारमाध्यहरुमा छाएका छन् ।


४ आश्विन २०७६, शनिबार १२:०२ मा प्रकाशित