पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन माग

दूरबिन नेपाल     ४ आश्विन २०७६, शनिबार १२:५२    

पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन माग

काठमाडौँ, ४ असोज : गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने पीडकलाई सजाय र पीडित हुनेलाई न्याय दिनुपर्ने मानवअधिकारवादीहरुले माग गर्नुभएको छ ।

विश्व शान्ति दिवस तथा नेपालीको महान् पर्व शुभ विजयादशमीलगायत पर्वका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा पूर्वमन्त्री अम्बिका बस्नेतले मानवअधिकारको रक्षाका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । पीडकलाई आममाफी दिए मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जाने उहाँको भनाइ थियो ।

PlutonicTech

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको ढाँचा आममाफी आयोगको शैलीमा अघि बढ्ने खतरा रहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायको नमूना पीडितमैत्री हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पीडितलाई न्याय र पीडकलाई सजायको सुनिश्चितता नभए त्यसले समाजमा पार्ने प्रभावका बारेमा बेलैमा सचेत हुन उहाँले सबैमा आह्वान गर्नुभयो ।


४ आश्विन २०७६, शनिबार १२:५२ मा प्रकाशित