अमेरिकामा अर्को गोली काण्ड : साउथ क्यारोलिनास्थित रात्रिक्लवमा गोली चल्दा दुईको मृत्यु नौ जना घाइते

दूरबिन नेपाल     ४ आश्विन २०७६, शनिबार १७:५३    

    
 
वासिङ्टन, ४ असोज :  अमेरिकी राज्य साउथ क्यारोलिनामा आज राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।  

 
स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ ।  
 

घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।  

 
गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म घटनामा सम्लग्न कसैलाई तत्काल पक्राउ भने नगरिएको बताइएको छ ।  

(रासस÷सिन्ह्वा)
–––  


४ आश्विन २०७६, शनिबार १७:५३ मा प्रकाशित