हाम्रै पालामा समृद्धि : बाबुराम भट्टराई

दूरबिन नेपाल     ६ आश्विन २०७६, सोमबार १३:३५    

हाम्रै पालामा समृद्धि : बाबुराम भट्टराई

सिन्धुली, ६ असोज :समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उहाँले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

 

“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उहाँले भन्नुभयो, “तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्रल्याई देशलाई समृद्ध बनाउँदैछौं ।” चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उहाँको भनाइ थियो । “संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन”, अध्यक्ष भट्टराईले भन्नुभयो ।

PlutonicTech

 

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उहाँको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

 

समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताउनुभयो । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताउनुभयो । सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ । समितको अध्यक्षमा मोदनाथ लिमल्सिना, उपाध्यक्षमा विष्णुबहादुर सुनुवार, सानी श्रेष्ठ र भरत योञ्जन, सचिवमा टीका घिसिङ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सहसचिवमा छविलाल श्रेष्ठलाई चयन गरिएको छ ।
रासस


६ आश्विन २०७६, सोमबार १३:३५ मा प्रकाशित