मेसीको अर्को किर्तीमान, छैटौं पटक बने फिफा बर्ष खेलाडी

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार ०२:२९    

अमेरिका, सेप्टेम्बर २३ । बार्सिलोनाका अर्जेन्टिनी फुटवलर लिओनल मेसीले फिफा प्लेयर अफ द एअर अर्थात बर्ष खेलाडीको अवार्ड हात पारेर नयां किर्तीमान राखेका छन ।

 

विश्व फुटवलमा कुनै पनि खेलाडी छैनन जसले छैटौं पटक बर्ष खेलाडीको उपाधि हात पारेको होस । इटलीको मिलानमा आयोजित भव्य समारोहमा ३२ बर्षीय मेसीले चीर प्रतिद्वन्दी पोर्चुगलका क्रिश्चियानोे रोनाल्डो र भर्जिन भान डिजेकलाई पछि पार्दै फिफा बर्ष खेलाडीको उपाधि हात पारेका हुन ।

 

मेसीले सन् २००९ देखि १२ सम्म लगातार चार पटक र सन २०१५मा पनि यो अवार्ड जितेर पांचौ पटक हात पारी किर्तिमान राखेका थिए । बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मेसीले च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो टोलीलाई पुर्याएका थिए ।

 

संयूक्त राज्य अमेरिकाकी मेगान रापिनाइले महिलातर्फका बाजी मारिन । अमेरिकलाई महिला विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलेकी मेगानले यो अअवार्ड पाउने धेरैको अनुमान थियो । प्रशिक्षकमा लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प र महिलातर्फ जिल एलिसले अवार्ड हात पारेका छन ।


७ आश्विन २०७६, मंगलवार ०२:२९ मा प्रकाशित