तामाङ समाज अमेरिकाको पहिलो साधरण सभा सम्पन्न  : कार्यसमितिको पूर्गठन 

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार ०९:३१    

न्युयोर्क,  सेप्टेम्बर २४ ।  तामाङ समाज अमेरिकाको कार्यसमितिको पूर्गठन गरिएको छ । क्विन्समा आइतवार सम्पन्न समाजको पहिलो साधरण सभाले मौजुदा कार्य समितिका केही पदमा हेरफेर गरेको हो ।

 

समाजको अध्यक्षमा सानुमाया तामाङ यथावत रहेकी छिन् । सुमित्रा योन्जन बरिष्ठ उपाध्यक्ष र बुद्दिमान तामाङ उपाध्यक्षमा पदोन्न भएका छन् । बुद्दिमान यस अघि महासचिव रहेका थिए । समाजको महासचिवको जिम्मेवारी विनिता तामाङले पाएकी छिन् । उनी यस अघि सचिव थिइन ।

 

समाजकी अध्यक्ष सानुमाया तामाङ

 

पूर्गठित कार्यसमिति

  • अध्यक्ष – सानुमाया तामाङ
  • वरिष्ठ उपाध्यक्ष – सुमित्रा योन्जन
  • उपाध्यक्ष – बुद्दिमान तामाङ
  • महासचिव – विनिता तामाङ
  • सचिव – रोजबहादुर घिसिंग
  • कोषाध्यक्ष – तुलबहादुर तामाङ
  • सह-कोषाध्यक्ष – सजुन थोकर

बोर्ड अफ डिरेक्टरस्:

  • फुरु लामा
  • विष्णु तामाङ
  • अरुणा रुम्बा
  • रिनु तामाङ
  • युनिशा थींग
  • सुरेन्द्र तामाङ
  • दिलमाया तामाङ
  • राजु ब्लोन
  • दिपेनशा लामा
  • नरराज (चन्द्र) लामा
  • सन्तबहादुर तामाङ
  • कुङ्गा दोर्जी लामा

समाजले संस्थाको संरक्षक समितिमा लुईसाङ वाईबा तामाङ र शान्त बाबु थोकरलाई चयन गरेको छ । यस अघि साधरण सभाको  समाजकी अध्यक्ष सानुमाया तामाङले तामाङ संस्कृति अनुसार छ्युमे बालेर  उद्घाटन गरेकी थिइन ।  साधारण सभालाई समाजका संरक्षक एवं  एल्म्हर्स्ट हस्पिटलका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, अर्का संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा सांस्कृतिक केन्द्रका अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले सम्बोधन गरेका थिए ।

साधारण सभाले   अध्यक्ष सानुमायाद्वारा प्रस्तुत संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धि प्रतिवेदन  सर्बसम्वत  अनुमोदन गरेको छ । त्यसै गरेर तत्कालिन  महासचिव बुद्दिमानद्वारा प्रस्तुत  वार्षिक प्रतिवदन परिमार्जन सहित पारित गरेको छ ।  कोषाध्यक्ष फुरु लामाद्वारा प्रस्तुत  आर्थिक प्रतिवेदनलाई पनि  परिमार्जन सहित साधारण सभाले अनुमोदन गरेको छ ।

 

साधरण सभाकै अवसरमा समाजले आप्नो मुख पत्र नाङ्साल पनि प्रकाशित गरेको छ । नाङ्सालको पहिलो अंकमा समाजले हाल सम्म गरेका गतिविधिलाई समेटिएको छ ।

 

नाङसालको पीडिएफ भर्सनका लागि यहाँ तल क्लिक गर्नु होला । 

नाङसाल


७ आश्विन २०७६, मंगलवार ०९:३१ मा प्रकाशित