अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार १०:४७    

अल्जियर्स, ७ असोज : अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

(रासस ÷एएफपी)
–––


७ आश्विन २०७६, मंगलवार १०:४७ मा प्रकाशित