अमेरिकामा एक नेपाली भाषीको सडक दुर्घटनामा मृत्यु

दूरबिन नेपाल     ८ आश्विन २०७६, बुधबार १९:०४    

अमेरिका ।

अमेरिकाको पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलवार भएको सडक दुर्घटनामा घाइते भएका नेपाली भाषी कर्ण बहादुर सुबेदीको उपचारको क्रममा मृत्यु भएको छ ।

सडक पार गर्ने क्रममा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका सुबेदीलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । उनलाई बचाउन गरिएको प्रयास सफल नभएको अस्पतालले आफन्तहरूलाई जानकारी गराएको छ । भोलि उनको दाहसंस्कार बिहान सात बजे, ११९ सेन्टर एभेन्यू रिडिङ पेन्सलभेनियामा गरिने नेपाली भाषी भुटानीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।

सुबेदी डोगना भुटानमा जन्मिएका हुन् । उनी अहिले परिवार सहित पेन्सलभेनियामा वस्तै आएका थिए ।


८ आश्विन २०७६, बुधबार १९:०४ मा प्रकाशित