अमेरिकी राष्ट्रपति ट्रम्पको उदघोष, सिमानाको रक्षा गर्ने अधिकार सबै देशसँग छ मानव तस्करीलाई रोक्न सबैसँग मिलेर काम गर्नु पर्ने जिकिर

बद्रि गौतम     ९ आश्विन २०७६, बिहीबार ००:३७    

अमेरिकी राष्ट्रपति ट्रम्पको उदघोष, सिमानाको रक्षा गर्ने अधिकार सबै देशसँग छ

बद्रि गौतम, दूरबिन नेपाल 

 

न्यूयोर्क, सेप्टेम्बर २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सिमानाको रक्षाको अधिकार सबै देशसँग रहेको बताएका छन । सोही अधिकारको प्रयोग अमेरिकाले पनि गर्दै सिमानामा अवैध आप्रवासीहरुको रोकथामकको लागि कडाइ गरेको प्रष्टिकरण दिए ।

PlutonicTech

 

संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघमा आवद्ध एक सय ९३ मुलुकमध्ये अधिकांशले अनियन्त्रित आप्रवासको चुनौतीहरुको सामना गर्नु परेको बताएका छन । यतिबेला मानव तस्करी र यसको जालो मुख्य समस्याको रुपमा आएकोले यो आपराधिक सञ्जाललाई व्यवसाय बन्न नदिन सबै मुलुक मिलेर काम गर्नुपर्ने ट्रम्पको भनाई छ ।

 

अमेरिकासँग सिमाना जोडिएका मेक्सिको लगायतका मुलुकलाई इङ्गित गर्दै ट्रम्ले भने मानव तस्करी मार्फत अवैध आप्रवासीहरुका लागि सिमाना खुला राख्नु भनेको अपराधलाई प्रश्रय दिनु हो । “जसले अवैध आप्रवासीहरुलाई बढावा दिइरहेका छन उनीहरुले अपराधिक संगठनलाई प्रोत्साहन दिइरहेका छन, जसले महिला तथा बालबालिकाहरुको शिकार गरिरहेका छन” ट्रम्पको आरोप छ ।

 

सम्बोधनमा ट्रम्पले चीनसँगको व्यापारिक सम्बन्धलाई खराव सौदाको उपमा दिंदै भविष्यमा सुल्झिन सक्ने समस्या बताएका छन । अन्तर्राष्ट्रिय सुरक्षामा इरान, सिरिया तथा लिविया बाधक रहेको आरोप लगाउंर्दै ट्रम्पले अत्यन्तै दुखद युद्धलाई बढावा दिइरहेको चेतावनी पनि दिए ।

Bhatta Law & Associate

 

सोमबार बाट शुरु भएको संयुक्त राष्ट्रसंघको ७४ महासभामा पहिलो पटक ब्राजिलले सम्बोधन गर्ने परम्परा छ । त्यसपछि आयोजक देशको तर्फबाट अमेरिकाले सम्बोधन गर्ने प्रचलन छ ।


९ आश्विन २०७६, बिहीबार ००:३७ मा प्रकाशित