सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

दूरबिन नेपाल     ९ आश्विन २०७६, बिहीबार ११:४५    

 काठमाडौँ, ९ असोज (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

 

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

 

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौँ देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

रासस


९ आश्विन २०७६, बिहीबार ११:४५ मा प्रकाशित