आइसिइ विरुद्ध न्यु योर्क राज्यले नै गर्‍यो मुद्दा दायर

दूरबिन नेपाल     ९ आश्विन २०७६, बिहीबार १८:१८    

आइसिइ विरुद्ध न्यु योर्क राज्यले नै गर्‍यो मुद्दा दायर

दूरबिन नेपाल :

   अमेरिका ।
न्यु योर्क राज्य र स्थानीय परिषद्ले आप्रावासिमाथि गैर कानुनी असंवैधानिक तवरले अनावश्यक दुख दिएर पक्राउ गरेको आरोप लगाउँदै आइसिइ माथि न्यु योर्क सिटी अदालतमा
मुद्दा दायर गरेको छ ।

PlutonicTech

सिटीमा महान्यायाधिवक्ता लेटिना वेम्स र व्रकलिनका जिल्ला न्याधिवत्ता इरिक गोन्जालासले दायर गरेको मुद्दाले पीडितले कानुनीवाटो अवलम्बन गर्न सक्ने र अधिकारीहरूले पीडितहरूलाई जबरजस्ती पक्राउ गर्नबाट रोक्ने बताएका छन् ।

यो मुद्दाले सङ्घीय सरकारको भर्खरैको गैरकानुनी र असंवैधानिक नीतिलाई न्युयोर्कको राज्य अदालत र यसका वरपरका नागरिक आप्रवासीलाई गिरफ्तार गर्ने अधिकारलाई चुनौती दिनेछ ।

मुद्दाले पीडित र साक्षीहरूलाई कानुनको बाटोमा सहयोग पुर्‍याउँछ र उनीहरूको अधिकारलाई जोगाउन मद्दत गर्दे फौजदारी अभियोगमा लगाउन बाधा उत्पन्न गर्नेछ ।

Bhatta Law & Associate

आइसिइ प्रवक्ता रचेल योङले भने आइसिइअधिकारीले कानुनको परिधिभित्रै रहेर पक्राउ गरेको बताउँदै आइसिइ कानुनी अभ्यास गरेरै अघि बढ्ने बताएका छन् ।

तर नागरिक अधिकार समूहहरूले आप्रवासी हिरासत केन्द्रहरूमा प्रदान गरिएको चिकित्सा र मानसिक स्वास्थ्य सेवाको बारेमा अगस्टमा आइसिई विरुद्ध क्लास एक्सन मुद्दा दायर गरेका थिए। समूहले देशभरि सञ्चालित १ सय ५८ हिरासतमा उचित चिकित्सा र मानसिक स्वास्थ्य सेवा दिन असफल भएको आरोप लगाएका छन् ।


९ आश्विन २०७६, बिहीबार १८:१८ मा प्रकाशित