टड फिलिप्सको जोकरले हिंसा फैलाउने चेतावनी

दूरबिन नेपाल     १० आश्विन २०७६, शुक्रबार २३:४०    

आगामी शुक्रवार प्रदर्शन हुने हलिउड चलचित्र जोकरलाई हलमा देखाउँदा हिंसा भड्किन सक्ने टेक्सस जोइन्ट क्राइम इन्फर्मेसन सेन्टरले जनाएको छ । सेन्टरले अमेरिकी सङ्घीय सुरक्षा व्यूरो एफवीआइसग सहकार्य गर्ने गर्दछ ।

सेन्टरले राज्य र स्थानको सम्बन्धमा केही उल्लेख नगरे पनि चलचित्र प्रदर्शनका क्रममा गोली काण्ड हुन सक्ने बताएको छ । जोकर चलचित्रको कथामा एक्लोपन र त्यसले निम्ताएको तनावलाई मत्थर पार्न बन्दुकमार्फत हिंसात्मक मार्ग अपनाएको छ ।

सन् २०१२ मा समेत कोलोराडो राज्यको अरोरामा द डार्क नाइट फिल्म प्रदर्शनका क्रममा एक बन्दुकधारीले भीडमा गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो । घटनामा मारिएका मानिसका परिवारले वार्नर ब्रदर्शलाई खुलापत्र लेखेर बन्दुकजन्य हिंसा फैलाउनेहरू विरुद्ध कारबाही चलाउन अपिल गरेका छन् ।

जोकरको स्क्रीनिङमा सम्भावित गोलीकाण्डका विषयमा गोप्य बुलेटिनमार्फत चेतावनी आएको थियो ।

एजेन्सी


१० आश्विन २०७६, शुक्रबार २३:४० मा प्रकाशित