अमेरिकाः न्युयोर्कको टाइम्स स्क्वायरमा भिजिट नेपाल २०२० को कार्यक्रम नेपाली झण्डा र मौलिक संस्कृतिले रमणीय बन्यो टाइम्स स्क्वायर

दूरबिन नेपाल     ११ आश्विन २०७६, शनिबार ०२:५३    

दूरबिन नेपाल, न्युयोर्क
नेपाल भ्रमण बर्ष अर्थात भिजिट नेपाल २०२०को प्रचारको लागि अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । विश्व पर्यटन दिवसको अवसरमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको अगुवाइ र विभिन्न नेपाली संघसंस्थाहरुको सहभागितामा भएको कार्यक्रममा न्युयोर्कस्थित महावाणिज्य दुतावासका महावाणिज्य दुत पुष्पराज भट्टराईले नेपाल भ्रमण बर्षलाई सफल बनाउन यसको प्रचार प्रसारपनि जरुरी भएकोले न्युयोर्कको अति व्यस्त स्थानमध्येको एक अनि संसारका विभिन्न स्थानबाट पर्यटकहरु आउने टाइम्स स्क्वायरमा कार्यक्रम गर्दा प्रभावकारी भएको बताए । भट्टराईले नेपालका जनकपुर, मुक्तिनाथ लगायतका स्थानको बारेमापनि विश्व जगतलाई जानकारी गराउनुपर्ने त्यसको लागि कार्यक्रमहरु विभिन्न स्थानमा गर्दै जाने बताए ।


मिस नेपाल युनिभर्स २०१७ कि बिजेता नग्मा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टाइम्स स्क्वायरमा ओहोर दोहोर गर्ने पर्यटकलाई प्रभावित पार्न नेपाली मौलिक संस्कृति झल्किने कुमारी नाच, लाखे नाच लगायतका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।  नेपाली पन झल्किने पहिरनमा आएका सहभागीहरुले नेपालको झण्डा सहित नेपाल भ्रमण बर्ष जनाउने व्यानरहरुपनि बोकेका थिए ।
टाइम्स स्क्वायरका केहि तस्विरहरुः


११ आश्विन २०७६, शनिबार ०२:५३ मा प्रकाशित