सभामुख महराद्वारा महिला कर्मचारी बलात्कृत

दूरबिन नेपाल     १३ आश्विन २०७६, सोमबार १७:०२    

काठमाडौँ ।

      प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले संसद्मा काम गर्ने एक जना महिला कर्मचारीलाई बलात्कार गरेको खबर बाहिर आएको छ । नेपाली मिडियाले पीडित महिलालाई उद्धृत गर्दै सभामुख महराले रातको समयमा तीनकुने स्थित उनकै कोठामा गएर जबरजस्ती करणी गरेको जनाएका छन् ।

रातको समयमा मदिरा र केही स्न्याक्स समेत आफैले लिएर गएका महराले उनलाई जबरजस्ती गरेका थिए । महिलाले आफू हार्ड ड्रिङ्क नगर्ने भन्दै अस्वीकार गर्दा पनि ‘आज दसैँ मनाउने हो’ भन्दै महराले कपमा राखेर जबरजस्ती पिलाउने प्रयास गरे । महरा त्यतिमा सीमित भएनन् । शारीरिक सम्बन्ध कायम गर्न अगाडि बढे । प्रतिकार गर्दा महराले कुटपिट समेत गरेको उनले आरोप लगाएकी छन् । महराले बलपुर्बक करणी गरेको पूर्ण विवरण प्रहरी र माडियालाई उनको बताएकी छन् । महराको चस्माको एउटा ग्लास र जुत्ता मोचा समेत उनको डेरामा छुटेको छ । तत्काल प्रहरीलाई खबर गरिन । प्रहरीले घटनास्थलको फोटो, भिडियो र उनको विवरण लिएर गएको छ । उनले पत्रकारहरूलाई भनेकी छन् “प्रहरीले न्याय गर्छ की भन्ने आस त छ । तर सरकारको दबाबले नगर्न पनि सक्छ ।”

पारिवारिक नाता जोड्दै महरा यस अघि पनि उनको डेरामा पुगेका थिए । उनको ड्राइभर र सुरक्षा गार्ड यस पटक पनि केही पर सडकमा महरालाई कुरेर बसेका थिए ।

महराको यस अघि पनि सरकार परिवर्तनका लागि चाइनिज पक्षसँग ४० करोड रुपैयाँको अवैध डिल गरेको अडियो संवाद सार्वजनिक भएको थियो । प्रारम्भिक अनुसन्धानले अडियो महराकै भएको पुष्टि भएको थियो । तर प्रचण्डले संसद् र सरकारलाई दबाब दिएर त्यो घटना छानबिनको दायरामा समेत ल्याउन दिएनन् । यस पटकको बलात्कारको घटनालाई पनि सरकार पक्षले नै दबाउन सक्ने धेरैले अनुमान गरेका छन् ।


१३ आश्विन २०७६, सोमबार १७:०२ मा प्रकाशित