बलात्कारको आरोपि सभामुख महराद्वारा ‘सर्त’ शहित राजिनामा 

दूरबिन नेपाल     १४ आश्विन २०७६, मंगलवार ११:३५    

अमेरिका, अक्टोबर १ । संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको गम्भिर आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शर्त सहित पदबाट राजिनामा दिएका छन् । उपसभामुखलाई संबोधन गरि मंगलवार  दिइएको राजिनामा महराले आफुमाथि लागेको आरोपको ‘छानविन प्रक्रिया नसकिए सम्मका लागि’ राजिनामा दिएको उल्लेख गरेका छन् ।

महरालाई आफ्नै कार्यलयमा कार्यरत महिलाले आइतवार राती घरमा एक्लै भएको समयमा मादक पदार्थ सेवन गरि बलात्कार गरेको आरोप लगाएकी थिएन् । शुरुमा महराको सचिवालयले विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गरेको थियो । तर मंगलवार दिउसो आपत्कालिन रुपमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र संसद दुबै पदबाट राजिनामा दिएन निर्देशन दिएको थियो । यद्यपी महराले संसद पदबाट अहिले सम्म राजिनामा दिएका छैन् ।

यसै बीच महराले  राजिनामामा जे सर्त राखे पनि उनी स्वत पद मुक्त हुने संविधान सभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुभाष नेमाङले दावी गरेका छन् । कानुनविग्य समेत रहेका नेमाङले राजिनामामा महराले जे सर्त राखे पनि उनी पदमा फर्कने सम्भावना नरहने बताएका छन् ।  यस्तै महराको राजिनामा पनि नेपाल प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


१४ आश्विन २०७६, मंगलवार ११:३५ मा प्रकाशित