बैशाख यता ८५ हजार जना  काँग्रेसमा प्रवेस

दूरबिन नेपाल     १४ आश्विन २०७६, मंगलवार १२:३०    

अमेरिका, अक्टोबर १ ।  पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि ८५ हजार भन्दा बढी आफ्नो पार्टी प्रवेस गरेको नेपाली काँग्रेसले दावी गरेको छ । काठमाडौं स्थित पार्टी मुख्यालयमा म‌ंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले सो दावी गरेका हुन् ।

 

काँग्रेसले सन्चालन गरेको हिमाल, पहाड, तपाई-मधेश राष्ट्रिय जागरण अभियानमा सो संख्यामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताले काँग्रेस पार्टी रोजेको प्रवक्ता शर्माले बताए । शर्माका अनुसार पहिलो चरणमा ३१ हजार ६ सय ४२ जनाले अन्य पार्टी त्यागेर काँग्रेस प्रवेस गरेका हुन् । यस्तै दोस्रो चरणमा ५३ हजार चार सय ७९ जनाले काँग्रेसको सदस्यता लिएका हुन् ।

 

उनले काँग्रेमा आएका नयाँ सदस्यलाई प्रशिक्षण र जिम्मेवारी दिइने बताए ।’ पहिला पार्टी प्रवेस गराउने मात्र हुन्थो तर अब प्रशिक्षण र जिम्मेवारी दुबै एकै साथ दिइने छ ।’

 

काँग्रेसले पहिलो चरणको अभियान बैशाख २५ गते बाट शुरु गरेको थियो । यस्तै दोस्रो चरण भदौ २४ मा शुरु भएर असोज सात गते सकिएको थियो । प्रवक्ता शर्माले १५ दिने अभियानमा पहिलो चरण भन्दा दोस्रो चरण व्यवस्थित र उत्साहजन भएको बताए  । उनले भने ‘पहिलो चरणमा हाम्रो स्थानीय निकायमा अन्तरिम संरचना बनेको थिएन्, दोस्रो चरणमा संरचना बनेको हुदा जागरण अभियान भव्य भयो ।’

 

प्रवक्ता शर्माले जागरण अभियानमा तीन सय ३० जना केन्द्रिय प्रतिनिधि टोल टोलमा पुगेको बताए । उनले सो क्रममा आठ हजार कार्यक्रम भएको बताए । काँग्रेसले नेपालमा ७७ जिल्ला र विदेश स्थित नेपाली जनसम्पर्क समिति मार्फत जागरण अभियान चलाएको थियो । जनसम्पर्क समितिहरुले सर्वोच्च अदालतको आदेश कार्यन्वयनको माग गर्दै विदेश स्थित नेपाली दुतावासमा ज्ञापन पत्र बुझाएका थिए । सर्वोच्च अदालतले विभिन्न कारणले विदेशमा रहेका र नेपाली नागरिकता नत्यागेकाहरुलाई जहाँको त्यहीबाट मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो तर सरकारले अहिले सम्म सो आदेश कार्यन्वयन गरेको छैन ।

 

यसै बीच नेपाली काँग्रेसले यस पटकको दशै तिहार शुभ कामना चियापान असोज २६ गते राजधानीमा आयोजना गर्ने भएको छ । काँग्रेसका सस्थापक वीपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति सहित स्वदेश फर्किए पछि २०३४ साल देखि दशै पछिको कोजाग्रत पूर्णिमाका दिन चियापान शुरु गरेका थिए ।


१४ आश्विन २०७६, मंगलवार १२:३० मा प्रकाशित