अमेरिकामा आप्रवासी पक्रन फेसबुकमा नक्कली खाता

दूरबिन नेपाल     १६ आश्विन २०७६, बिहीबार १७:४९    

अमेरिका ।

आइसिइले फेसबुक, इन्स्ट्राग्राम,ट्युटर लगायतका सामाजिक सञ्जालमा दर्जनौँ नक्कली खाता प्रयोग गरी कागजपत्रविहिन आप्रवासीलाई निगरानी र पक्राउ गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ ।

उक्त रिपोर्टमा बताए अनुसार ग्लेडिस डाज टेडेओ ओरिगन राज्यको एउटा गाउँमा बस्दै आएकी थिइन । तीन छोरीकी आमा ग्लेडिस आºनो जीवन गुजारा चलाउनको निम्ति घरै मेक्सिकन केक पियाटा बनाउँथिन र खरिद बिक्रीको निम्तिफेसवुकमा आफ्नो छोरीले बनाइदिएको समूहलाई प्रयोग गर्थिन । तर उनी कागजपत्र विहीन थिइन ।

अर्को दिन, उनले पियाटा बिक्री गर्ने फेसबुक समूहमा हिस्पैनिक नामको साथ एक फेसबुक खाता र एउटा कुकुरको प्रोफाइल तस्बिरले उनलाई सूची बद्ध ग¥यो ।

तीनै हिस्पानिक नामधरिले ग्लेडिसलाई फेसबुक मार्फत नै पियाटा ल्याइदिन आग्रह गरे र ग्लेडिसले पनि आग्रह बमोजिमको बेच्न राजी भइन र पियाटा लिएर जब उनी एक स्थानीय बैक नजिक पुगिन दुई आइसिई एजेन्टहरू हथकडीकोसाथ उनैको पर्खाइमा थिए ।

उनलाई तीन हप्ता पछि मेक्सिको पठाइयो। उनको सूचीबद्धलाई जवाफ दिने फेसबुक खाता त्यसपछिका दिनहरूमा स्पष्ट रूपमा मेटाइएको थियो।

तर आइसिइले सामाजिक सञ्जालको नक्कली खाता प्रयोग गरेको यो पहिलो घटना भने होइन । रिपोर्ट अनुसार आइसिइलेसन २०१५ देखि नै गोप्यरुपमा यस्तो प्रकृतिको दर्जनौँ खाता खोलिसकेका छन् । त्यसै मार्फत कागजपत्र विहीन आप्रवासीहरूको व्यक्तिगत र समूहगत खातामा सूचीवद्ध भई निगरानी बढाउँदै आएको छ ।

यसबारे फेसबुकले भने खासै केही प्रतिक्रिया दिएको छैन । यद्यपि फेसबुकले राजनैतिक र समाजमा हिंसा फैलाउन प्रेरित गर्ने अधिकांश खातालाई निषेध गर्दे आएको बताउँदै आएको छ । यसबारे आइसिई अधिकारीले पनि यसबारे कुनै प्रतीक्रृया दिएको छैन ।

पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अमेरिकामा १० दशमलव ५ मिलियन कागजपत्र विहीन आप्रवासी रहँदै आएको छ । त्यसलाई नियन्त्रण गर्ने आइसिइसग जम्मा ६ हजार १ सय एजेण्ट मात्र छन् ।


१६ आश्विन २०७६, बिहीबार १७:४९ मा प्रकाशित