अमेरिकाको न्युयोर्कमा होमलेसले(घरबिहिन) गरे चारजनाको हत्या मारिनेहरु सबै होमलेस

दूरबिन नेपाल     १९ आश्विन २०७६, आईतवार ०१:२५    

बद्रि गौतम, न्युयोर्क
अमेरिकाको न्युयोर्क राज्यको चाइनाटाउन क्षेत्रमा शनिवार विहान चार जना होमलेस व्यक्तिहरुको विभत्स हत्या भएको छ । हत्याको आरोपमा २४ बर्षीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । आरोपीपनि होमलेस नै भएको प्रहरीले बताइएको छ । शनिवार विहान २ बजेतीर प्रहरीको हटलाइन नम्बर ९११ मा फोन आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट प्रहरीले फलामको पाइएपपनि बरामद गरेको छ । हत्याराले सोही पाइपको उपयोग गरी हत्या गरेको आशंका गरिएको छ ।


मृतकहरु सबै सुतिरहेको अवस्थामा हत्या भएको थियो । राती सबैजना सुतीरहेको बेला हत्याराले फलामको पाइपले जथाभावी प्रहार गरेको आशंका गरिएको छ । चाइनाटाउनका तीन स्थानमा भएको घटना एकै व्यक्तिले गराएको आशंका रहेको न्युयोर्क प्रहरीका सहायक प्रमुख स्टीफन ह्युजेसले बताएका छन । प्रत्यक्षदर्शीका अनुसार कालो रंगको ज्याकेट लगाएको एक व्यक्तिले फलामको पाइपले अन्य व्यक्तिको टाउको तथा पेटमा अन्धाधुन्द प्रहार गरेका थिए । गम्भिर घाइते एकजनालाई अस्पतालमा लगिएको छ । घटनाको उद्धेश्य अझै थाहा हुन नसकेको न्युयोर्क प्रहरीका गुप्तचर एनेट सेल्टरले बताएका छन । प्रहरीले घाइते ४९ बर्षीय व्यक्तिसंग सोधपुछको प्रयास गरिरहेको छ । तर उनी गम्भिर घाइते भएका कारण थप विवरण पछिमात्र सार्वजनिक गर्न सकिने बताएको छ । न्युयोर्क प्रहरीले घटनाको बारे जानकारी हुनेले प्रहरीलाई बताउन आग्रह गरेको छ ।
न्युयोर्क लगायतका अमेरिकाका विभिन्न स्थानमा होमलेसको समस्या निकै बढदो रुपमा छ । होमलेस तथा तीनका आपराधिक गतिविधि नियन्त्रण गर्नु निकै चुनौतीपुर्ण रहेको विश्लेषकहरु बताउंछन ।

तस्विर: एनवाइपीडी


१९ आश्विन २०७६, आईतवार ०१:२५ मा प्रकाशित