अमेरिकामा आप्रवासी नीति अझै कडा, अमेरिका छिर्न अब स्वास्थ्य बिमा हुनैपर्ने

दूरबिन नेपाल     १९ आश्विन २०७६, आईतवार ०३:५३    

 

दूरबिन नेपाल, न्युयोर्क
अमेरिका छिर्न चाहने आप्रवासीका परिवारले अब भिषा पाउन स्वास्थ्य बिमा अनिवार्य बुझाउनु पर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार गरेको घोषणामा सो कुरा उल्लेख गरिएको छ । ट्रम्पको घोषणा अनुसार स्वास्थ्य बिमा नबुझाएसम्म आप्रवासीका परिवारले अमेरिकी भिषा पाउने छैनन । यो नियम आप्रवासीका बुवा, आमा, तथा जिवनसाथीमाथी लागु हुनेछ । तर शरणार्थी तथा बच्चाहरुमा भने यो नियम लागु हुनेछैन । यो नियम अमेरिकामा अप्रवासी भिषा प्राप्त गर्न चाहनेहरुको हकमा लागु हुने जनाइएको छ । अमेरिका प्रवेश गरेको ३० दिन भित्र स्वास्थ्य बिमा प्राप्त गर्ने ग्यारेण्टि भएपछिमात्र भिषा पाउन सक्ने घोषणामा जनाइएको छ । अमेरिकी प्रशासन एक परिवारमा आधारित तथा एक योग्यतामा आधारित आप्रवासन नीतिलाई निष्प्रवाही बनाउन चाहेको विश्लेषकहरु बताउछन ।
ट्रम्प प्रशासनले यसै बर्ष आप्र्रवासन नीति सम्बन्धी दिर्घकालिन प्रभाव पार्ने नीतिहरु बनाइसकेको छ । आप्रवासीहरुले सरकारी सुविधा लिएमा ग्रिनकार्ड नै नदिने महत्वपुर्ण नियमपनि यसैबर्ष बनाएको हो । पछिल्लो नियमलेपनि नेपाल लगायत दक्षिण एसीयाली मुलुकहरुमात्र होइन कैयन ल्याटिन अमेरिकी मुलुकहरुका परिवारमापनि ठुलो असर पर्न सक्ने देखिन्छ ।


१९ आश्विन २०७६, आईतवार ०३:५३ मा प्रकाशित