निवर्तमान सभामुख महरा पक्राउ, बलात्कारको आरोपमा छानबिन

दूरबिन नेपाल     १९ आश्विन २०७६, आईतवार १६:२१    

काठमाडौँ ।

चौतर्फी दबाब र आइतबार अदालतको आदेश पछि नेपाल प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको छ । प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महराले संसद्मा काम गर्ने एक जना महिला कर्मचारीलाई बलात्कार गरेको आरोप राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बने पनि नेपाल प्रहरी अनुसन्धानका लागि अगाडि बढेको थिएन ।

डर धम्की र प्रलोभनका कारण पटक पटक कुरा फेर्दै आएकी रोशनी शाहीले अन्ततः महराबाट बलात्कृत भएको उजुरी शनिवार महानगरीय प्रहरीबृत्त बानेश्वरमा दिएकी थिइन । त्यसै उजुरीका आधारमा अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको हो । नेपाली मिडियाका अनुसार सभामुख निवास बालुवाटारबाटै महानगरीय प्रहरीबृत्त बानेश्वरको प्रहरी टोलीले अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिएको छ ।

रोशनीको स्वास्थ्य परीक्षण र प्रमाणहरूका आधारमा अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ । घटना छताछुल्ल भए पनि पार्टी र मिडियाको चर्को दबाबका पछि मात्र महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।


१९ आश्विन २०७६, आईतवार १६:२१ मा प्रकाशित