अमेरिकी राष्ट्रपति ट्रम्पको मिनेसोटाको र्‍यालीमा झडपको आशंका ? रिपव्लिकनहरुको सुरक्षा एक अतिवादी समुहले गर्ने ?

दूरबिन नेपाल     २३ आश्विन २०७६, बिहीबार ०२:४९    

दूरबिन नेपाल

अमेरिकाको मिनेसोटामा विहिवार हुने  राष्ट्रपति ट्रम्पको चुनावी र्यालीलाई विथोल्ने एक समुहले धम्की दिएको छ । अतिवादी तथा हिंशात्मक कम्युनिष्ट समुह मानिने एन्टि फासिष्ट ग्रुप एन्टिफाले रिपव्लीकनहरुको सभा भाडिदिने चेतावनी दिएपछि सभाको सुरक्षाको लागि अर्को समुह खडा भएको छ । रिपव्लिकनहरुको समर्थन गर्ने अर्को अतिवादी समुह ओथ किपरले चुनावी सभाको सुरक्षा दिने घोषणा गरेको छ । रिपव्लिकनहरुको हतियारधारी समुह ओथ किपरले रिपव्लिकनहरुको सरक्षाको लागि सहयोग गर्न आव्हान पनि गरेको छ । दूइ अतिवादी समुहको यस्तो घोषणाले र्याली शान्तिपुर्ण हुनेमा सन्देह देखिएको छ । यसले झडपको स्थितीलाई प्रोत्साहन गरिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका  छन ।

पूँजिवादी र अति दक्षिणपन्थी समुहको सभा विथोल्ने चेतावनी दिने एन्टिफाले सन २०१६ मा पनि सोही क्षेत्रमा रिपव्लिकनहरुको निर्वाचन सभालाई विथोल्ने प्रयास गरेको थियो भने ट्रम्प समर्थकहरुमाथी आक्रमण गरेको थियो । मिनेसोटा राज्यको मिनेपोलीसमा हुने रिपव्लिकनहरुको सभामा हिंशात्मक गतिविधि हुन नदिन सुरक्षा अवस्थालाई मजबुत पारिएको जनाइएको छ । यद्यपी सो क्षेत्रका उदारवादी मेयरले सुरक्षाकर्मीहरुलाई राष्ट्रपति ट्रम्प समर्थकले लगाउने कपडा नलगाउन उर्दी जारी गरेका छन । बहालवाला राष्ट्रपतिको सुरक्षाको लागि राज्यको सुरक्षा संयन्त्रलाई काउण्टर दिने समुहलाई प्रोत्साहन गरेको आरोप लाग्दै आएकोमा मिनेसोटाको घटनाले विपक्षीको आरोपलाई अझै बल मिल्न सक्ने अनुुमान गरिएको छ ।


२३ आश्विन २०७६, बिहीबार ०२:४९ मा प्रकाशित