अमेरिकामा सडक दुर्घटनाका गम्भिर घाइते खिम सेती महरका लागि सहयोग जुटाउन पहल महरको आइसीयुमा उपचार हुंदै, सहयोगको लागि परिवारले नेपालदेखि गरे आग्रह

दूरबिन नेपाल     २५ आश्विन २०७६, शनिबार ०२:०५    

 

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको लङ आइल्याण्डमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई उपचाररत खिम सेती महरको सहयोगको लागि लङ आइल्याण्ड नेपाली समाजले सहयोग जुटाउन पहल शुरु गरेको छ । गो फण्ड मि डट कम मार्फत घाइते महरलाई सहयोग गर्न सबैलाई अपिल पनि गरिएको छ । घाइते महरका परिवारले नेपालदेखि नै आग्रह गरेपछि लङ आइल्याण्ड नेपाली समाज, न्युयोर्कको विशेष पहल र एनआरएनए न्युयोर्क च्याप्टरसंगको सहकार्यमा गो फण्ड मि डट कम मार्फत सहयोग जुटाउन पहल शुरु गरिएको लङ आइल्याण्ड नेपाली समाज न्युयोर्कका उपाध्यक्ष राजन गौलीले जानकारी दिएका छन । लङ आइल्याण्ड नेपाली समाजको कार्यसमितिले सो क्षेत्रमा बस्ने नेपालीहरुसंगको छलफलपछिमात्र गो फण्ड सञ्चालन गर्ने निर्णय गरेको थियो । घाइते महरका तीन बच्चा, श्रीमती र आमा भएको बताइएको छ । उनीहरु सबै नेपालमै छन । घाइते महरको रेखदेख गर्ने अन्य कोहीपनि अमेरिकामा नभएका कारण उनको लागि सहयोग गर्नु सबै मनकारीहरुको कर्तव्य भएकोले आफुहरु सहयोगमा जुटेको समाजका उपाध्यक्ष गौलीले दूरबिन नेपालसंग बताए ।
गत सेप्टेम्बर ३० तारिख सोमबारका दिन न्युयोर्कको लङ आइल्याण्डस्थित हिक्सभिलको, ओल कन्ट्री रोड र १०७ क्रस सेक्सनमा बाटो काट्दा महरलाई कारले ठक्कर दिएको थियो । घाइते महरले हरियो बत्ती बलेकै बेला बाटो काट्दै गर्दा रोकीनु पर्ने कारले ट्राफिक नियमको उलंघन गरी अगाढि बढेर हानेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत विवरण दिएको छैन । गाडी चलाउने व्यक्ति ९० बर्षीया महिला भएको बुझिएको छ । लङ आइल्याण्डको एक होटलमा काम गर्दै आएका महर विगत एक बर्षदेखि अमेरिकामा छन । उनका परिवारलाई नेपालदेखि अमेरिका झिकाउन पहल भइरहेको बताइएको छ । महरको उपचार नासाउ युनिभर्सिंटी मेडिकल सेन्टर इष्ट मेडल लङ आइल्याण्डमा भइरहेको छ ।
गम्भिर घाइते महरको उपचारको लागि खोलिएको गो फण्डको लिंक यसप्रकार छ ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.gofundme.com%2Ff%2Fan-appeal-to-help-mr-khim-setimahar%3Futm_source%3Dcustomer%26utm_medium%3Dcopy_link%26utm_campaign%3Dp_cp%2520share-sheet%26fbclid%3DIwAR1dzUpGdVbuQ_GuFf2sRenjjAYfFNifG4EyNKknr_CAN2DRjnuXd_FYmrc&h=AT3S9H6o9Zcx1uTuQvSd33-qA1m38DJtaPZ3xMyNY7rKtUGn_rAdrvyCNQkvZ9KocLU7Ez6DFOR0D9j–OrK5-cwDs4xAmJCEnDh1lPaoDtQO0UP0e-YbY_BvNqHqjxYNA-9nJepMMQV

तस्विरः राजन गौलीको फेसबुकबाट साभार


२५ आश्विन २०७६, शनिबार ०२:०५ मा प्रकाशित