रियल पराजित, वार्सीलोना शीर्ष स्थानमा

दूरबिन नेपाल     ४ कार्तिक २०७६, सोमबार १६:५२    

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिड मालोर्का क्लवसग १–० ले पराजित भएको छ ।
मालोर्काको जितका लागि लागो जुनियरले खेलको ७ औँ मिनेटमा गोल गरेका थिए।

ला लिगाको जारी सिजनमा रियलको यो पहिलो पराजय हो । यता शनिवारै भएको अर्को खेलमा वार्सीलोन विजयी भएको छ ।

बार्साले एइबरलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको हो। बार्साको जितमा लियोनल मेसी, लुइस स्वारेज र एन्टोनी
ग्रीजम्यानले समान एक–एक गोल गरे।

जितसँगै बार्सा लिगको शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलबाट बार्साको १९ अङ्क भएको छ। रियल मड्रिड लिगको १८ अङ्क भएको छ। ग्रानडा १७ अंकसहित तेस्रो स्थानमा छ


४ कार्तिक २०७६, सोमबार १६:५२ मा प्रकाशित