डिर्पोटेशनमा परेकालाई अमेरिकी सर्वोच्च अदालतबाट मिल्यो राहत सर्वोच्चले दियो ट्रम्प प्रशासनको विपक्षमा फैसला

दूरबिन नेपाल     ४ कार्तिक २०७६, सोमबार २३:५६    

अमेरिका ।

अमेरिकी सर्वोच्च अदालतले अध्यागमन अदालतबाट देश निकालाको फैसला पाइसकेका आप्रावासिहरुले शरणको निम्ति पुनरावेदन गर्न सक्ने बाटो खुलाइदिएको छ ।

अमेरिका र मेक्सिको सिमामा पक्राउ परेका श्रीलंकाली नागरिक विजय कुमार थुरैसिगियालाई अमेरिकी अध्यागमन अदालतले देश निकालाको फैसला सुनाएको थियो । तर थुरैसिगियाले श्रीलङ्कामा आफू अल्पसंख्यक जातीय समूहको सदस्य रहेको बताउँदै श्रीलङ्का फर्के आफ्नो ज्यानको सुरक्षा नै खतरामा रहेको बताउँदै अमेरिकी अदालत नाइन सर्किटमा शरणार्थीको दर्जा पाउनु पर्ने मुद्दा दायर गरेका थिए ।

थुरैसिगियाको शरण आवेदनलाई अध्यागमन अदालतले ठाडै अस्वीकार गर्दै बयानै नसुनी फास्ट ट्याक डिर्पोटेशन अन्तर्गत सिधै देश निकालाको फैसला सुनाएका थिए ।

थुरैसिगियाको मुद्दामाथि फैसला गर्दै अमेरिकी अदालत नाइन सर्किटले मानव अधिकार र सुरक्षाको हिसाबले शरणको निम्ति सङ्घीय अदालतमा पुनरावेदन गर्न सक्ने फैसला सुनाएका थिए । तर ट्रम्प प्रशासनले भने एक पटक देश निकालाको फैसलाको सुनुवाइ भएपछि पुन शरणको निम्ति निवेदन दिनु कानुन विपरीत भएको बताउँदै नवौँ सर्किट अदालतको फैसलालाई पुनराबलोकनका लागि सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

तर सर्वोच्चले पनि ट्रम्प प्रशासनको आग्रहलाई अस्वीकार गर्दै विपक्षमा फैसला दिएको छ । सर्वोच्चको यो निर्णय सँगै शरण अस्वीकार भएकाहरूलाई सङ्घीय अदालतमा आफ्नो दाबी गर्न मिल्ने भएको छ ।

सर्वोच्चको फैसलाले अमेरिकामै रहेर पनि देश निकालाको पत्र पाइसकेका कतिपयलाई भने पुनरावेदन गर्न पाउने एउटा बलियो आधार बनेको छ । यसले देश फर्कन बाध्य भइसकेका केहीलाई राहत मिलको छ ।


४ कार्तिक २०७६, सोमबार २३:५६ मा प्रकाशित