नेपालीको लागि टिपिएस एक वर्ष थपियो

दूरबिन नेपाल     १५ कार्तिक २०७६, शुक्रबार १७:४६    

नेपालीको लागि टिपिएस एक वर्ष थपियो

अमेरिका, नोभेम्वर १ । अमेरिकी डीपामेन्ट अफ होमल्याण्ड सेक्रेटरीले नेपालीको टेम्पमेरेरि प्रोटेक्सन स्टेटस अर्थात अमेरिकामा
अस्थायी वसोवासको अवधिलाई सन २०२१ को जनवरि ४ सम्मको निम्ति वढाएको छ ।

होमल्याण्ड सेक्रेटरीले गत हप्ता मात्र इल साल्भाडोरको टिपिएस अवधि वढाए पनि नेपालीको हकमा भने पर्ख र हेरको अवस्थामा रहेको थियो । अवधिलाई वढाएसगै टिपिएस प्राप्त नेपालीको निम्ति एक वर्षसम्म भने अमेरिकामै वसेर आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नेछ ।

PlutonicTech

यस अघि टिपिस अवधि वढाउनको निम्ति क्यालिफोर्निया स्थित यूएस डिस्ट्रिक कोर्टमा नेपाल लगायत, इल साल्भाडोर, ग्वोटेमाला लगायतका देशको तर्फवाट अधिकारबादीले मुद्दा दायर गरेका थिए ।

 

सन २०१५ मा गएको विनाशकारी भुकम्पको कारण अमेरिकी सरकारले अमेरिकामा अवैधानिकरुपमा रहेका नेपाली र विद्यार्थीहरुलाई टिपिएस प्रदान गरेको हो।


१५ कार्तिक २०७६, शुक्रबार १७:४६ मा प्रकाशित