“टिममा अट्न प्राप्त अवसरलाई प्रमाणित गर्नु पर्दछ” ईनेष्टो भलर्भडे

दूरबिन नेपाल     १९ कार्तिक २०७६, मंगलवार १४:१०    

न्युयोर्क ।  ईनेष्टो भलर्भडेले बार्सिलोना सम्हाले यता अवे म्याचहरुमा टिमको प्रर्दशन निकै फितलो भएको छ । पछिल्लो दुई सिजन यता होम गेममा बलियो अग्रता लिएता पनि अवे गेममा फितलो खेल प्रस्तुत गर्दै लज्जास्पद हार व्यर्होदै च्याम्पीयन्स लिगबाट बार्सिलोना बाहिरिएको छ । २०१७÷१८ को सिजनमा घरेलु मैदानमा रोमालाई ४–१ ले हराएको बार्सिलोना इटलीमा ३–०को लज्जास्पद हार बेर्होदै सम्रगमा अवे गोलको अधारमा हार्दै बाहिरिएको थियो । त्यसो त पछिल्लो च्याम्पियन्स लिगमा दावेदार मानिएको बार्सा सजिनमा एक हार व्योहोर्यो जसले टिमको च्याम्पियन बन्ने बाटो बन्द गरिदियो ।

 

क्याम्प नाउमा भएको पहिलो लेगमा स्टार फुटवलर मेसीको उत्कृष्ट २ गोल सहित समग्रमा ३–० गोल अन्तरले लिभरपुललाई पराजित गरेको बार्सा दोश्रो लेगमा बेलायतको एनफिल्डमा भने निरिह भयो । लिभरपुलसँग ४–० को फरकिलो गोल अन्तरले पराजित हुदै बहिरियो । त्यसो त घरेलु लिगमा भने शानदार प्रर्दशन गर्दै ला लिगा भने जितेको थियो । अहिले चालु २०१९÷२० को सिजन लियोनेल मेसी बिना सिजन सुरु गरेको बार्सिलोनाले पहिलो खेलमा नै पराजय ब्योहरेको थियो ।

 

एथ्लेटिक विलवायोको मैदानमा बर्सिलोना १–० ले हारेको थियो । यो सिजन ११ खेल खेलेको बार्सिलोना ३ खेलमा पराजित भै सकेको छ । यसले कोच ईनेष्टो भलर्भडे निकै दवावमा आएका छन् । गत शनिवार लेभेन्टे सँगको अवे खेलको पहिलो हाफमा मेसीको गोल सँगै अग्रता लिएको बार्सा दोश्रो हाफमा ७ मिनेट लय गुमाउदा लेभेन्टे ले ३ गोल गर्न सफल भएको थियो । फुटवल विश्लेषकहरु गत सिजन लिभरपुल सँग ४–० को हारको पिडा बाट बार्सिलोना अझै मुक्त नभएको टिप्पणी गरेका छन् ।

 

लेभेन्टे सँगको यो हार सँगै मुख्य प्रशिक्षक ईनेष्टो भलर्भडे ले राजिनामा गर्ने या क्लवले उनलाई स्याक गर्ने अनुमान गरिएको थियो । तर यी दुवै हुन सकेन । यस खेलमा रातो कार्ड प्रतिवन्धबाट फुकुवा भएका युवा विंगर उशमाने डेम्वेलेलाई टोलीमा नराखेकोमा ईनेष्टो भलर्भडे को निकै आलोचना भएको थियो । यस विषयमा पत्रकार सँग संक्षिप्त कुरा गर्दै ईनेष्टो भलर्भडे भने कुनै पनि खेलाडीले टिममा मौका पाउदा आफूलाई प्रमाणित गर्न सक्नु पर्दछ । “टिममा कसैको स्थान सुरक्षित छैन । स्वारेज, ग्रिजम्यान, पिके, डिम्बेले, या फाती, सवैले पाएको अवसरमा आफूलाई प्रमाणित गर्नु पर्दछ ।”

 

यो सिजन खराव फर्ममा रहेको बार्सिलोना यो सिजन खराव फर्ममा रहेता पनि लिग दावेदार टिमहरु रियल मड्रिड र एथ्लेटिको मड्रिड ले फाइदा लिन सकेका छैनन् ।

 


१९ कार्तिक २०७६, मंगलवार १४:१० मा प्रकाशित