नेपालको बदलिदो राजनीतिबारे अमेरिकामा अन्तरक्रिया 

दूरबिन नेपाल     २० कार्तिक २०७६, बुधबार १३:५६    

अमेरिका, नोभेम्वर ६ । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालको बदलिदो राजनैतिक विषयमा न्युयोर्कमा सार्वजनीक अन्तरक्रिया गर्ने भएको छ ।

 

पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकासमान सिंहको प्रमुख आथित्यमा अन्तरक्रिया हुन लागेको हो । अन्तरक्रिया कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशिको  पनि सहभागिता हुने छ । जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङका अनुसार अन्तरक्रियामा अमेरिकामा रहेका सबैले  सहभागिता जनाउन सक्ने छन् ।

 

अन्तरक्रिया कार्यक्रम नोभेम्वर ९ तारिक शनिवार दिउसो एक बजे ज्याक्सनहाईटमा रहेको शेर्पा किदुकको हलमा हुने छ । जनसम्पर्क समितिले आइतवार नै ‘वीर गणेशमान’ चलचित्र प्रदर्शनी समेत गर्ने भएको छ । जन सम्पर्क समिति न्युयोर्क च्याप्टरले चलचित्र प्रदर्शनी गर्न लागेको हो ।

 

नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंहको जीवनीमा आधारित चलचित्र वीर गणेशनमान ज्याक्सन हाइटमा रहेको गुल्सन ट्रेस (पुरानो ढाका क्लब) मा देखाइने छ । आइतवार १०:३० बजे पहिलो सो र १ :३० बजे दोस्रो सो प्रदर्शनी हुने छ । चलचित्रका लागि अमेरिकी २० डलर टिकट मुल्य तोकिएको छ ।

 

महासचिव नेम्बाङका अनुसार  चलचित्र प्रदर्शनीमा बचेको रकम  वीर गणेशमान प्रतिष्ठानलाई दिइने छ । काँग्रेस नेता नविन्द्रराज जोशि अध्यक्ष रहेको प्रतिष्ठान नेपालमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।

 

‘वीर गणेशमान’ चलचित्र न्युयोर्क बाहेक अमेरिकाका अन्य राज्यहरुमा पनि प्रदर्शनी गरिने छ । महाचिव नेम्बाङका अनुसार डल्लास १५ तारिक र सन फ्रान्सिस्को १७ तारिक चलचित्र प्रदर्शनीको कार्यक्रम छ । यस्तै काँग्रेस नेता प्रकासमान सिंहले नोभेम्वर ११ मा  म्यारिल्याण्ड,  १२ मा डिसी,  १४ मा अस्टिन, १५ मा टेक्सास र १७ सन फ्रान्सिस्को कार्यकर्ता भेटघाट र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।


२० कार्तिक २०७६, बुधबार १३:५६ मा प्रकाशित