काँग्रेस सभापति देउवाको भारतीय राजदुतलाई फोन : कालापानि र लिपुलेक हाम्रो हो 

दूरबिन नेपाल     २१ कार्तिक २०७६, बिहीबार १५:१९    

अमेरिका । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको प्रति राजदुतलाई टेलिफोन गरि आपत्ति जनाएका छन् ।

देउवाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै भारतीय राजदुत मन्जित सिंह पुरीलाई टेलिफोन गरि  कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको जनाएका छन् ।

यस्तै नेपाली काँग्रेसले विज्ञप्ती जारी गर्दै नेपाली भूमि मिचिएको प्रति आपत्ति जनाएको छ । ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


२१ कार्तिक २०७६, बिहीबार १५:१९ मा प्रकाशित