नेपालमा निर्माण हुदै गरेको कानुनमा सुझाव दिन एनआरएनए अमेरिकाको आह्वान 

दूरबिन नेपाल     २४ कार्तिक २०७६, आईतवार १५:५६    

अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपालमा निर्माण हुदै गरेको गैर आवासीय नेपाली सम्बन्धी ऐन र नियमावलीमा सुझाव दिन आह्वान गरेको छ ।
एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले विभिन्न ११ बुद्धामा सुझाव दिन भन्दै विज्ञप्ती मार्फत आह्वान गरेका छन् ।
गैर आवासीय नेपाली सम्बन्धी ऐनमा सुझाव सङ्कलन सम्बन्धमा

आदरणीय एनआरएनए सदस्य/अभियन्ता ज्यू: हार्दिक नमस्कार !
गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा हाल नेपाल कानुन आयोगले कार्य गरिरहेको कुरा जानकारी गराइन्छ । हाल गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद् बाट गैर आवासीय नेपालीहरूसँग जोडिएका विभिन्न विषयहरूमा यहॉहरुले बेहोर्नु परेका व्यवहारिक, प्रशासनिक र कानुनी समस्याहरू सम्बन्धमा राय तथा सुझावहरू सङ्कलन भइरहेको हुँदा सो सम्बन्धमा यहॉहरुको राय तथा सुझाव भएमा तलको इमेलमा पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
सुझाव आइपुग्नु पर्ने अन्तिम मिति: नोभेम्बर १२, २०१९
इमेल: secretariat@nrnusa.org or info@nrnusa.org

एनआरएनए आइसिसी को पत्र हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:
https://adobe.ly/2NZYNYm

एनआरएनए आइसिसी बाट माग गरिएका सुझाव सम्बन्धी बुंदाहरूः
१. नेपालको संविधान २०७२ को धारा १४ मा उल्लेख भएको गैह्र आवासीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार को परिभाषा सम्बन्धमा ।


२. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपालीहरूको चल-अचल सम्पत्ति को भोग चलन, बिक्री वितरण र सुरक्षा सम्बन्धमा ।

३. गैर आवासीय नेपालीहरूको लगानीमा देखिएका कानूनी तथा प्रशासनिक कठिनाइ सम्बन्धमा ।

४. गैर आवासीय नेपालीहरूलाई राष्ट्रिय परिचय (National Identity Card) को व्यवस्था सम्बन्धमा ।

५. गैर आवासीय नेपाली परिचय पत्र (NRN Card) का सम्बन्धमा ।

६. विदेशी मुलुकको नागरिकता प्राप्त गैर आवासीय नेपाली वा उनीहरूका परिवारका सदस्यलाई दिइने भिसा सम्बन्धमा ।

७. विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशी भूमिबाट मतदान गर्न पाउने व्यवस्था सम्बन्धमा ।

८. विश्वव्यापी मान्यता अनुसार एक वर्षमा १८३ दिन नेपाल बाहिर बस्ने तथा विद्यार्थी समेट्ने गरी गैर आवासीय नेपालीहरूको परिभाषा गर्ने सम्बन्धमा ।

९. तिन पुस्ता पछिका गैर आवासीय नेपालीहरूका सन्ततिहरूलाई गैर आवासीय नेपालीको परिभाषा भित्र समेट्ने सम्बन्धमा ।

१०. विदेशी नागरिकसँग विवाह गर्ने नेपाली महिला, पुरुष वा उनीहरूका सन्ततिहरूको नागरिकता वा परिचय पत्र दिइने सम्बन्धमा ।

११. गैर आवासीय नेपाली नागरिकका सम्बन्धमा देवानी संहितामा जोडिएका अन्य विषयहरू सम्बन्धमा ।

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका


२४ कार्तिक २०७६, आईतवार १५:५६ मा प्रकाशित