अमेरिकामा सम्पन्न कराते प्रतियोगितामा नेपाली खेलाडीले जिते पदक 

दूरबिन नेपाल     २५ कार्तिक २०७६, सोमबार १३:००    

न्युयोर्क । अमेरिकामा सम्पन्न फिका यूएसए अन्तरार्ष्टिय कराते च्याम्पियनसिपमा आइएमए निहान कराते डोका खेलाडीले अर्को सफलता हात पारेका छन् । क्विन्समा आइतवार सम्पन्न च्याम्पियनसिपमा निहानका खेलाडीले दुई स्वर्ण एक रजत र तीन कास्य पदक जिते । अघिल्लो साता मात्र निहानका खेलाडीले १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा पाँच स्वर्ण तीन रजन र तीन कास्य पदक जितेका थिए ।

 

अघिल्लो साता स्वर्ण जितेकी विमला तामाङले यस पटक कातामा रजत पदक पाइन । यस्तै जेनिफेर लमले गर्ल्स ६ देखि ७ बर्ष उमेर समुहमा कातामा स्वर्ण पदक जितिन । उनले कुमुतेमा कास्य पदक पाइन ।

पाँच बर्ष मुनिको स्पर्धामा हामलेट इजेलोले कुमुतेमा स्वर्ण पदक जिते । गर्ल्स ६ देखि सात बर्ष उमेर समुहमा तृर्षणाले कास्य पदक जितित । १० देखि ११ बर्ष उमेर समुह गर्ल्समा श्रृष्ठि गिरिले कुमुतेमा कास्य पदक जितिन् ।

 

यो पनि हेर्नु होस ।

कराते खेलाडी विमला तामाङ्गलाई अमेरिकामा स्वर्ण पदक

 

 

 

 

 

 

 

 


२५ कार्तिक २०७६, सोमबार १३:०० मा प्रकाशित