सरमाचार टिप्पणी : रक्सी, नेपाली स्टार खेलाडी र डरपोक व्यवस्थापन

दूरबिन नेपाल     १ मंसिर २०७६, आईतवार १५:०६    

अमेरिका । पूर्ननिर्माणको क्रममा रहेको  दथरथ रंगशाला तयार नभए पछि, अखिल नेपाल फुटबल संघ एन्फाले  भुटानको थिम्पुलाई रोज्यो सन् २०२२ विश्वकप छनोट  अन्तर्गत कुवेत विरुद्दको खेलका लागि । होम म्याच अरुको देशमा खेलाउन पर्ने बाध्यता थियो ।   दक्षिण एशियाकै अन्य शहर पनि नेपालको होम ग्राउन्डका रुपमा छनोट हुन सक्थ्यो तर, एन्फाका पदाधिकारीले माइण्ड गेमखेल्दै  थिम्पुलाई छनोटमा पारेका थिए ।

 

थिम्पुको मौसम नेपालको भन्दा चिसो छ । नेपालले थिम्पुमा कुवेतसँग खेल्ने हो । पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा सात शुन्यले पराजित भएको थियो । विश्वकप फुटबलको छनौट यात्रामा नेपालको तुलनामा कुवेतलाई सजिलो छ । बलियो टिम कुवेत नेपाल सँग स्पष्ट तीन अंक सहित धेरै भन्दा धेरै गोल अन्तर चाहन्छ ।

 

यस्तोमा कुवेतका लागि काठमाडौं वा भुटानको मौसममा खेल्न गाह्रो हुन्छ । त्यसैले कुवेतले घुमाउरो शैलीमा नेपाली टिमलाई फेरि पनि आफ्नै मैदानमा बोलाउन चाहेको थियो । एन्फा पदाधिकारीका अनुसार कुवेतले हवाई टिकट र होटल निशुल्क दिने प्रस्ताव नै राखेको थियो । एन्फाले कुवेतको प्रस्ताव मानेन ।

 

चिसो मौसममा कुवेतीको तुलनामा नेपाली खेलाडीलाई फाइदा हुने र लज्जास्पद हार टार्ने रणनीतिमा एन्फा पदाधिकारी लाग्दै गर्दा टिमका चार महत्वपूर्ण खेलाडी भने ठमेल र दरवार मार्गमा रक्सीमा मस्त हुन पुगे । खेलाडीको यो हर्कत क्षमायोग्य होइन । त्यसो त यी स्टार खेलाडीले यस्तो हर्कत गरेको यो पहिलो पटक होइन ।

 

भुटानमा खेल्दा  घरेलू मैदानको फाइदा हुने र गर्मि ठाँउका कुवेतका खेलाडीलाई असहज पर्ने एन्फा पदाधिकारीको निस्कर्ष थियो । अहिलेनै नेपालले विश्वकप खेल्ला भन्नु अश्वाभाविक दिवा स्वप्न मात्र हो । यद्यपी, छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेमात्र पनि नेपाली टोली खेलाडीलाई आँखामा राख्न सधैं तयार छन् फुटबल प्रशंसकहरु ।

 

नेपाली फुटबल टोलिले सानो उपलब्धी मात्र हासिल गरेपनि राष्ट्रिय टोलिका सदस्यलाई नायकका रुपमा स्विकार्न सधै तयार छ देश र विदेशमा रहेको नेपाली समुदाय । तर, फुटबलको राष्ट्रिय टोलिको खस्कदो प्रदर्शनले खुशिमा रम्ने मौका नदिएको लामो समय भइसक्यो । हालसम्म फुटबलको खस्कदो प्रदर्शनलाई देश र एन्फाले दिने सुविधा संग तुलना गर्ने गरिएको छ । यद्यपी त्यसको अर्को पाटो खेलाडीको अनुशासनलाई आजका मिती सम्म व्यवस्ता  गरिएको छ । २०२२ को विश्वकप छनोट प्रतियोगिताको दुई दिन अघि चार प्रमुख खेलाडीलाई अनुशासनको कारवाही गरेर एन्फाले ठुलो साहष देखाएको छ । यस्तो कार्वाही धेरै अघिदेखीनै हुनुपर्ने चर्चा खेलवृतमा भने सधै सुनिर्दै आएको थियो ।

 

अहिले कार्वाहीमा परेका फुटबलका चार खेलाडी मात्र अनुशासनहिन होइनन् । अन्यखेलमा पनि यो रोग दशकौंदेखी देखिदै आएको छ । राष्ट्रिय नायकका रुपमा रहेका खेलाडीलाई कार्वाही गर्ने आँट कुनैपनि संघले गर्न सकेका छैनन् । त्यसभन्दा बढी कुनैपनि खेलको ब्यवस्थापन पक्ष बलियो बन्न सकेको छैन जसले खेलाडीलाई कार्वाही गर्ने क्षमता राखोस् । अनूशासनहिनतालाई लिएर खेलाडी माथिको कार्वाहीमा ब्यवस्थापन सधैं निराशाजनकनै देखिन्छ । यस्तै त हो भन्ने ब्यवस्थापनको सोचले खेलाडीको मनोबल बढाउँदै लगेको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताकालागि क्याम्पमा बसेका खेलाडी रातभर ठमेलमा धाउने गरेको यो पहिलो घटनाहोइन । दसकौं अघिदेखीनै क्याम्पमा बसेका खेलाडी ठमेल पुगेको केहीले देखेको र धेरैले सुनिरको विषयनै हो । अन्तराष्ट्रिय प्रतियोगिता त्यतिधेरै नहुने हुनाले, अन्तराष्ट्रिय प्रतियोगिताको अघी खेलाडीले ठमेल धाउने मौका विरलै पाउँछन् । राष्ट्रिय प्रतियोगितामा यस्तो अनुशासन हिनता सधैं हुने गरेको छ । प्रतियोगिताको अघिल्लो रात पुरै ठमेलमा विताएर भोलिपल्ट ह्यान्गओभरमा मैदानमा उत्रने खेलाडीले आफ क्लब र प्रसंसकलाई कयौं पटक निरास बनाईसके ।
यो पटकको कार्वाहीले खेल ब्यवस्थापकलाई ब्युँझाओस्, स्थानीय र राष्ट्रिय स्तरदेखीनै अनुशासनहिन खेलाडीलाई कडाभन्दा कडा कार्वाही गरिने परम्पराको थालनी होस् । एन्फाले अहिले चार खेलाडीलाई राष्ट्रिय टिमबाट मात्र हटाइको छ । नेपाली खेलकुदमा अनुशासन कामय गर्ने र सुखद नतिजाको आशा गर्ने हो भने यो कार्वाही कम हो । यी खेलाडीलाई निश्चित समय कुनै पनि स्तरको फुटलब खेल्न बाट प्रतिवन्ध नै लगाउनु पर्छ । जसका कारण क्याम्पमा बस्ने तर रातभरी जाँड खान ठमेल र दरवारमार्ग पुग्ने खेलाडी सचेत हुने छन् र यस्तो हर्कत दोहोर्याउने छैनन । 
यसका लागि खेलकुद निकाय र पदाधिकारीमा आँट देखिनु पर्छ ।

१ मंसिर २०७६, आईतवार १५:०६ मा प्रकाशित