अमेरिका : ओक्लहोमाको डुकानमा गोली चल्यो, तीन जनाको मृत्यु

दूरबिन नेपाल     २ मंसिर २०७६, सोमबार १९:५५    

अमेरिका । अमेरिकाको ओक्लहोमा राज्यको डुकान शहरमा अवस्थित वालमार्टमा एक वन्दुकधारीले अन्धाधुन्ध गोली
चलाउदा तीन जनाको ज्यान गएको छ ।

विहानको समयमा भएको घटनामा मृत्यू भएको र घाइतेहरुको संख्यावारे भने प्रहरीले केही खुलाएको छैन । डुकान प्रहरीले वन्दुकधारीलाई पक्राउ नगरेसम्म घरमै सुरक्षित रहन
स्थानीय सर्वसाधरणलाई सूचित गराएको छ ।

अमेरिकमा वन्दुककै कारण घटेको यो दुई दिनमा यो तेस्रो  घटना हो । पछिल्लो समय वालमार्टमा गोली चलेको यो पाॅचौ हो ।


२ मंसिर २०७६, सोमबार १९:५५ मा प्रकाशित