“गिरीजा बाबुको योगदानलाई विश्वले अनुशरण गर्न सक्छ” कांग्रेस नेतृ कोइराला जीपी कोइराला फाउण्डेसनको कार्यक्रम न्युयोर्कमा सम्पन्न

दूरबिन नेपाल     ४ मंसिर २०७६, बुधबार ०२:५५    

दूरबिन नेपाल, न्युयोर्क

नेपाली कांग्रेसकी नेतृ, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरीजा प्रसाद कोइरालाको योगदान विश्वकै लागि अनुकरणीय रहको बताएकी छिन । जिपी कोइराला फाउण्डेसनले अमेरिकाको न्युयोर्कमा सोमबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नेतृ कोइरालाले आफ्ना पिता गिरीजाप्रसाद कोइरालले द्वन्द्वको दलदलमा फसेको मुलुकलाई शान्तिको मार्गमा ल्याउन खेलेको नेतृत्वदायी र युगान्तकारी भुमिकाको स्मरण गर्नुपर्ने बताइन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरीजा प्रसाद कोइरालाले अन्तर्राष्ट्रिय जगतसंग नेपालको सम्बन्धलाई सुमधुर बनाउन वा प्रजातन्त्र र शान्तिका लागि अहोरात्र खटी रक्तपातपुर्ण विद्रोहलाई शान्तिको मार्गमा ल्याउन खेलेको कदम संसारमै उदाहरणीय भएको नेतृ कोइरालाको भनाई थियो । कोइरालाले भिजिट नेपाल २०२० मा नेपालको भ्रमण गर्न अमेरिकी नागरिक तथा सुभेच्छुकहरुलाइै आव्हान गरिन ।


कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले गिरीजा बाबुले मुलुकमा शान्ति र प्रजातन्त्रकालागि पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा अमेरिका न्युयोर्क च्याप्टरका सिनेटर जोन सि लिउ, न्युयोर्क सिटीका एसेम्ब्ली मेम्बर डिभिड वेपरिन लगायत न्युयोर्कमा रहेका अमेरिकी राजनितिकर्मीहरुको उपश्थिती थियो । त्यसै गरि नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्ट त्यस्तै विष्णु सुवेदी, वेद खरेल लगायत नेपाली समुदायको बाक्लो उपश्थिती कार्यक्रममा रहेको थियो ।

 

 

कार्यक्रममा केही सांगीतिक प्रस्तुति पनि भएको थियो । कलाकारहरु संगीता मुखिया छोच्छु, राम श्रेष्ठले गायन र बालकलाकार अर्मानी महर्जन नृत्य तथा तेन्जिन छोएनी र तेस्की सुल्त्रिमले गायन प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी सुजाता कोइराला जीपी कोइराला फाउण्डेसनकी केन्द्रिय अध्यक्षपनि हुन ।

फोटो : ईन्द्र तामाङ / न्युयोर्क


४ मंसिर २०७६, बुधबार ०२:५५ मा प्रकाशित