अमेरिकामा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति नेपाल अमेरिका कलाकार संघका सुमन बुढामगरद्वारा आपत्ति आफुलाई बदनाम गरिएको र अवार्डमा अनियमितता भएको भन्दै विज्ञप्ति जारी

दूरबिन नेपाल     ८ मंसिर २०७६, आईतवार ०२:०५    

अमेरिकामा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति नेपाल अमेरिका कलाकार संघका सुमन बुढामगरद्वारा आपत्ति

 

दूरबिन नेपाल, अमेरिका 

अमेरिकाको न्युयोर्कमा भइरहेको वर्ल्ड म्युजिक अवार्डप्रति लक्षित गर्दै नेपाल अमेरिका कलाकार संघका अध्यक्ष तथा वर्ल्ड कनेक्सन युसएसका प्रमुख कार्यकारी अधिकृत सुमन बुढामगरले आफुलाई षडयन्त्रपुर्वक बदनाम गर्न खोजिएको आरोप लगाएका छन । अवार्ड कार्यक्रम शुरु हुनु एक दिन अघि विज्ञप्ति जारी गर्दै बुढामगरले म्युजिक अवार्ड कार्यक्रमलाई भव्य र सफल पार्न शुरुदेखिनै आफुले ठुलो योगदान गरेको भएपनि विभिन्न अफवाह फैलाएर आफुलाई संयोजकबाट हटाइएको गुनासोपनि गरेका छन । विज्ञप्तिमा आंफु नेपाल गएको बेला बिना जानकारी विभिन्न निर्णय गरिएको बताएका छन । म्युजिक अवार्डलाई भव्य बनाउन गरिएको परिकल्पना विपरित आर्थिक चलखेल गरिएको आरोप पनि उनले लगाएका छन । विज्ञप्तिमा बुढा मगरले पत्रकारहरुलाई निश्पक्ष र सत्य तथ्य समाचार बाहिर ल्याइदिन आग्रह गर्दै आङ्गेलु शेर्पा र दावा शेर्पाले आफु विरुद्ध षडयन्त्र गरेको र अवार्डमा नातावाद हावी भएको दावीपनि गरेका छन । बुढामगरले म्युजिक अवार्डको अवधारणा तयार पार्दा निष्पक्ष र पारदर्शी बनाउने प्रतिवद्धता विपरित कार्य गरिएको गुनासोपनि गरेका छन । म्युजिक अवार्ड र सुमन बुढामगरमाथी लागेको आरोप र उनका आचरणका बारेमा नेपालका सञ्चार माध्यम लगायत दूरबिन नेपाललेपनि समाचार प्रकाशित गरेको थियो । ती समाचारहरुप्रतिपनि बुढामगरले आपत्ति जनाउदै आएका छन ।

PlutonicTech

अमेरिकाको न्युयोर्कमा नोभेम्बर २३ मा भइरहेको वर्ल्ड म्युजिक अवार्डमा नेपालबाट आएका गायक गायिका एवं कलाकाहरुले प्रस्तुति दिदैछन । अञ्जु पन्त, यम बराल, शिव परियार, केही अधिकारी लगायतका गायक गायिका तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन ।

तस्विरः सुमन बुढाको फेसबुकबाट साभार


८ मंसिर २०७६, आईतवार ०२:०५ मा प्रकाशित