नेपाली युवा मनोसे सिंह संगीतको सबैभन्दा ठुलो ग्राम्मी अवार्डमा मनोनयन

दूरबिन नेपाल     ८ मंसिर २०७६, आईतवार ०५:२१    

दूरबिन नेपाल
नेपाली संगीतकर्मी मनोसे सिंह विश्व संगीतको नोवेल पुरस्कार मानिने ग्राम्मी अवार्डको ६२ औं संस्करणको नोमिनेशनमा परेका छन । बांसुरीवाधक सिंह सम्मिलित एल्बम देवका लागि नोमिनेसनमा परेका हुन । उनको टोलीमा प्रशिद्ध जर्मन गायिका देव प्रिमल र उनका पति तथा बेलायती संगीतकार मिटेन पनि आवद्ध छन । ग्राम्मीको मनोनयनमा परेको उनको एल्बम देव, उत्कृष्ट न्यु एज अल्बमको सूचीमा छनौट भएको हो । ६२ औं ग्राम्मीको सो विधामा मनोनयनमा परेको सो एल्बमको गीत हिन्दुहरुको उत्कृष्ट भजन गायत्री मन्त्रसंग सम्बन्धित छ ।

गायत्री मन्त्रको भत्तिसंगित भएको सो एल्बममा नेपाली संगीतकर्मी सिंहले बांसुरीको उत्कृष्ट धुन दिएका छन । बांसुरीको उत्कृष्ट धुन दिन माहिर सिंह ग्राम्मी जस्तो प्रतिष्पर्धाको छनौटमा पर्नु नेपाली संगीतकै लागि ठुलो उपलव्धि मान्न सकिन्छ । हाल अमेरिकामा रहेका मनोसे नेपालमा बौद्धका बासिन्दा हुन । उनले नेपालको चर्चित ब्याण्ड १९७४ एडी र आनी छोइङ डोल्मासंगपनि काम गरेका थिए । ६२ औं ग्राम्मी अवार्ड सन २०२० को जनवरी २६ मा अमेरिकाको लस एञ्जलसमा हुंदैछ । जसमा विश्वभरीका संगीतकर्मीहरुको चासो र सरोकार हुने गर्दछ ।

फोटोः गुगलबाट साभार


८ मंसिर २०७६, आईतवार ०५:२१ मा प्रकाशित