“नेकपाको पहिलो र कार्यकारी अध्यक्ष म नै हो” प्रधानमन्त्री ओली मुलुकको सिमा रक्षार्थ सरकार प्रतिवद्ध रहेको भनाई

दूरबिन नेपाल     १० मंसिर २०७६, मंगलवार ०३:२२    

दूरबिन नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पहिलो अध्यक्ष आफुनै भएको बताएका छन । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा टेलिभिजनकर्मी भुषण दाहालसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले मर्यादाक्रममा आफु पहिलो अध्यक्ष र पुष्पकमल दाहाल त्यसपछिको अध्यक्ष भएको प्रष्ट पारे । प्रधानमन्त्रीले दुवैजना कार्यकारी अध्यक्ष भएपनि मुख्य व्यक्ति आफुनै भएको दावी गरे । तर सरकार र पार्टीको काममा दुवै जनाले सल्लाह गर्ने सहमती भएको खुलासापनि गरे । मुलुकलाई स्थायित्व दिन र प्रधानमन्त्री विचमा नफेर्नकै लागि प्रचण्डलाई केही जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको दावी छ । सरकारको काममा आफु केन्द्रित हुने भएकोले पछिल्लो निर्णय गरिएको बताए । मन्त्रीहरुको हेरफेरको बारेमा भइरहेको आलोचनाका सम्बन्धमा प्रधामन्त्रीले मन्त्री आउने र जाने सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए ।

कालापानीको समस्या पहिलेका सरकारले किन हल नगरेका ?
देउवा र भट्टराईको अभिव्यक्तिप्रति आपत्ति

कालापानीको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले कालापानीको समस्या धेरै पहिलेदेखि कै भएको दावी गरे । सो क्षेत्रमा भारतीय सेना धेरै पहिलेदेखि बस्दै आएको बताएका छन । कालापानीको विषयमा तल्लो निकायबाट कुरा भइरहेको र पछि प्रधानमन्त्री स्तरबाट पनि कुरा गर्न सकिने आशय व्यक्त गरे । कालापानीको विषयमा नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउंदै राष्ट्रको साझा समस्या हलगर्न लाग्नुपर्नेमा आरोप प्रत्यारोपमा उत्रीनु अशोभनीय भएको बताए । कालापानीका समस्याकाबारेमा विगतमा सरकारलेपनि केही नबोलेको बताए । सरकारले उत्तेजनात्मक कुरा नगरी तथ्यका आधारमा प्रमाण जुटाएर मुलुकको सिमाभित्रबाट विदेशी सेना हटाइने दावी गरेका छन । अन्तरर्वाताको क्रममा सिके राउत जस्ता पृथकतावादीहरुलाई पनि राष्ट्रिय मुलधारमा ल्याएको र संविधानको विरोध गर्नेहरुलेपनि संविधान मानिरहेको बताए ।

फोटो: कान्तिपुर टीभी


१० मंसिर २०७६, मंगलवार ०३:२२ मा प्रकाशित