प्रधानमन्त्री ओलीको केही बेरमा शल्यक्रिया

दूरबिन नेपाल     १० मंसिर २०७६, मंगलवार ०५:५९    


काठमाडौँ
प्रधानमन्त्री के पी शर्मा ओली पेटको समस्याले ग्रस्त भएपछि अचानक अस्पताल भर्ना भएका छन् । उनको तत्काल शल्य क्रिया गर्ने तयारी भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट चिकित्सकले उनलाई एपेन्डिसाइटिस भएको ठहर गरेका छन् । प्रधानमन्त्रीको ओलीको केही समयमा नै शल्यक्रिया गर्ने तयारी भइरहेको चिकित्सकहरूले जनाएका छन् । प्रधानमन्त्री ओलीलाई  शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओली १२ वर्ष देखि मिर्गौला र रक्तचापको समस्याले ग्रसित छन् । आज अचानक एपेन्डिसाइटिसको समस्या थपिएको  हो । 

तस्बिर: गुगल
 


१० मंसिर २०७६, मंगलवार ०५:५९ मा प्रकाशित