स्पेनिस ला लिगामा रियल म्याड्रिडले अलाभेसलाई हरायो

दूरबिन नेपाल     १४ मंसिर २०७६, शनिबार १९:१८    

दूरबिन नेपाल
स्पेनिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभो अलाभेसलाई पराजित २–१ को अन्तरले पराजित गरेको छ । जितसंगै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको १४ खेलबाट ३१ अंक भएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ । आलाभेसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५२ औं मिनेटमा रियलले सार्जियो रामोसको गोलबाट अग्रता लियो । खेलको ६५ औं मिनेटमा अलाभेसका लुकास पेरेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी बनाए । त्यसको चार मिनेटपछि रियलका ड्यानी कार्भालले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
तस्विरः एजेन्सी


१४ मंसिर २०७६, शनिबार १९:१८ मा प्रकाशित